प्रमोदको ‘परिष्कृत’मा प्रतिशा र सनीशको रोमान्स

प्रमोदको ‘परिष्कृत’मा प्रतिशा र सनीशको रोमान्स



लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको मार्मिक गीत ‘परिष्कृत’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा चन्द्र प्रसाईं ‘परिष्कृत’को शब्द, राजेन्द्र सुवेदीको संगीत र बीएन निराकरको एरेन्ज रहेको छ ।

प्रेम र विछोडको पीडा ब्यक्त गरेको गीतको भिडियोमा प्रतिशा शर्मा रिजाल र सनीश बर्जाचार्यको अभिनय देख्न सकिन्छ । प्रतिशा र सनीशलाई रचु सुवेदी, विवेक सापकोटा, प्रभात किरण सिग्देल र सुमनता घिसिङले अभिनयमा साथ दिएका छन् ।

सिम्पल थिम तथा थोरै लगानीमा निर्माण भए पनि भिडियोले गीतलाई सिँगार्ने काम गरेको छ । सजल र सलिल न्यौपानेको कन्सेफ्ट र मनिष वशिष्टको सहयोगमा भिडियो एनइपिएस भिजनको टिमले निर्माण निर्देशक हो । जसमा छायाङ्कन तथा सम्पादन सलिल न्यौपानेले गरेका हुन् । गीत गीतकार प्रसाइकै च्यानल प्रसाइसन इन्टरटेनमेन्ट टुयुट्वबाट सार्वजनिक भएको हो ।

एक दशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार परिस्कृतका शब्दमा थुप्रै गीत बजारमा आएका छन्, भने धेरैले चर्चा समेत कमाइका छन् । चितवन स्थाई घर भएका प्रसाईं सानैदेखि गीत, कविता गुनगुनाउने गर्दथे । गीत, कविता र गजल समेत लेखन गर्दै आएका प्रसाईं पछिल्लो समय अमेरिका रहँदै आएका छन् ।