उत्तर कोरियाद्वारा पूर्वीसागरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा पूर्वीसागरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार



दक्षिण कोरियाको सेनाद्वारा पुष्टि

  • टोकियो प्रतिनिधि

उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ।

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले क्षेप्यास्त्र प्रहारको जापानले पनि प्रतिउत्तर दिन सक्षम रहेको बताउँदै जापान आपनो कार्यका लागि सक्षम रहेको जनाएका छन् ।

एजेन्सीहरुका अनुसार यो साता उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको यो दोस्रो पटक हो ।

गत सोमबार पनि उत्तर कोरियाले लामो दूरीको क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त क्षेप्यास्त्रले जापानसम्म मार हान्न सक्ने बताइएको छ।