भूमि आयोगको अध्यक्षमा केशव निरौला, प्रधानमन्त्रीद्वारा गराइयो शपथ

भूमि आयोगको अध्यक्षमा केशव निरौला, प्रधानमन्त्रीद्वारा गराइयो शपथ


प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले उहाँलाई शपथ गराउनुभएको हो ।

प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीका अनुसार सोही कार्यक्रममा अध्यक्ष निरौलाले आयोगका उपाध्यक्ष मीनेन्द्र खड्कालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

शपथपछि प्रधानमन्त्री देउवाले भूमिसम्बन्धी समस्या लिपीबद्ध तथा व्यवस्थित गरेर दत्तचित्तका साथ समाधान गर्ने अपेक्षासहित आयोगका पदाधिकारीलाई बधाई दिनुभयो ।

मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गर्ने निर्णय गर्दै अध्यक्षमा निरौला र उपाध्यक्षमा खड्कालाई नियुक्त गर्ने निर्णयसमेत गरेको थियो ।

तस्बिर रासस