राष्ट्रिय केन्पो खुकुरी मार्शल आर्ट्स अर्को महिना

राष्ट्रिय केन्पो खुकुरी मार्शल आर्ट्स अर्को महिना



नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय केन्पो खुकुरी मार्सल आटर््स च्याम्पियनसिप असोज ८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् ।

सो प्रतियोगितामा विभिन्न ४ विधामा प्रतिस्पर्धा हुने छ । फुल केन्पो, सेमी केन्पो, सेल्फ डिफेन्स र खुकुरी काताअन्तर्गत विभिन्न स्पर्धामा खेल खेलाइने छ ।

अध्यक्ष पाण्डेले कोरोनो भाइरस (कोभिड–९) का कारण सुस्त रहेको खेलकुद गतिविधि अगाडि बढाउन र खुकुरी कातामार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

फुल र सेमी केन्पोअन्तर्गत विभिन्न तौल समूहमा खेल खेलाइने छ । सेल्फ डिसेन्सतर्फ प्रदर्शनी खेल मात्र हुने छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छ ।