रिभाइभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन असोज १ देखि

रिभाइभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन असोज १ देखि



रिभाइभ लिजरपार्कको स्थापनाको उपलक्षमा ‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’ असोज १ गते देखि हुने भएको छ । पार्कको आफ्नै कभर्डहलमा हुने च्याम्पियनसिपले कोभिडबाट प्रभावित खेलाडीहरुलाई पुनर्ताजगी बनाउने उद्देश्य राखिएको छ ।

सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका साथ आयोजना गर्न लागिएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शिर्ष २० देखि बाहेकका पुरुष युगल र ४० वर्षमाथिका भेट्रान्स युगलगरि ४ विधामा खुल्ला प्रतिस्पर्धा हुने छ ।

च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरि तीन विभागिय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आईरहेका विदेशी खेलाडीहरुलाई पनि सहभागिता गराईने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

नेपाल ब्याडमिन्टन संघको स्विकृती तथा प्राविधिक सहयोगमा हुने च्याम्पियनसिपमा २०० बढि खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् । करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथीको भेटरान्स युगल तर्फ शीर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।

च्याम्पियनसिपका दौरान कोभिड १९ को उच्च संक्रमणलाई ध्यानमा राखी सम्पूर्ण सरकारी मापदण्डलाई पालाना गर्दै प्रतियोगिता आयोजना गरिने आयोजकले जानकारी गराए ।