२९ भाद्र २०७८, मंगलवार

पहिलो राष्ट्रपति बन्ने कोइरालाको प्रस्ताव लत्याएको पौडेलको खुलासा !

  प्रकाशित मिति
२८ भाद्र २०७८, सोमबार १०:३०


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि आफू मैदानबाट लडिरहने बताएका छन् । कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले सोमबार चाबहिलमा आयोजना गरेको १४औँ महाधिवेशनमा नीति र नेतृत्वविषयक विचार विशेष कार्यक्रममा उनले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले आफूलाई मुलुकको पहिलो राष्ट्रपति बन्न प्रस्ताव गर्दा लोकतन्त्रमाथिको खतरा अन्त्य नभएकाले आफू अझै मैदानबाट लड्ने जवाफ दिएको दाबी गरे ।

‘नेताबाटै लोकतन्त्रमाथि खतरा छ, जनता नेताको अन्धभक्त भए भने लोकतन्त्रका लागि दुर्भाग्य हुन्छ, मैले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पछिल्लो आन्दोलन गृह जिल्ला तनहुँस्थित दमौली पुलबाट शुरु गरेको छु, लोकतान्त्रीकरण नभएसम्म यो अभियान जारी रहन्छ’, पौडेलको भनाइ छ ।

पार्टीलाई अझै लोकतान्त्रीकरण गर्ने अभियानमा आफू लागेको उल्लेख गर्दै उनले आन्तरिक लोकतन्त्र फस्टाउन कमजोर पार्टीको बलियो नेता हुने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताए । कमजोर पार्टीको बलियो नेता भए तानाशाह जन्मने भएकाले यसमा कार्यकर्ता पनि चनाखो हुनुपर्ने नेता पौडेलको सुझाव थियो ।

पार्टीको १४ औँ महाधिवेशनका क्रममा क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको आरोप लगाउँदै उनले दादागिरी गरेर निष्ठावान् कार्यकर्तालाई पन्छाउन खोजिएको, डडेल्धुरामा पार्टी जिल्ला समितिलाई एकातिर राखेर प्रहरी प्रशासनको बलमा वडा अधिवेशन गरिएको औंल्याउँदै पार्टीका लागि दुर्भाग्य नबनोस् भनी चेतावनी दिए । आगामी महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गरेर रुपान्तरण गर्न नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

file photo



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ वर्षा ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८

अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिवानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय

नेपालमा सोमबार १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६,५३९ वटा नमूना (पीसीआर १२,५३२ र एन्टीजेन ४,००७) परीक्षण गर्दा

आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा