‘विवाद एमालेसँग छ सर्वदलीय बैठक किन ? हाम्रो अध्यक्षसँग कुरा गरे भइहाल्यो नि !’

‘विवाद एमालेसँग छ सर्वदलीय बैठक किन ? हाम्रो अध्यक्षसँग कुरा गरे भइहाल्यो नि !’


सर्वदलीय बैठकमा एमाले सरिक नहुने

एमालेमाथि पक्षपातपूर्ण व्यवहार गरेको आरोप खेपेका सभामुख अग्नि सापकोटाद्वारा बोलाइएको सर्वदलीय बैठक संसदको विपक्षी दल एमालेले बहिष्कार गर्ने भएको छ । आज दिउँसोको लागि बोलाइएको बैठकमा आफ्नो पार्टी सहभागी नहुने एमालेका सचेतक विशाल भट्टराईले सभामुख सापकोटालाई फोन गरेर जानकारी दिएका हुन् ।

कारवाहीमा परेका चौध सांसदको पद रिक्त भएको सूचना टाँस्न सभामुखलाई आग्रह गरेको, सो नभए सभामुख पदबाट राजीनामा दिन सचेतक भट्टराईको भनाइ छ । तर, टेलिफोन गरेर सो आग्रह गर्दा सभामुखले कुनै जवाफ नदिइ फोन राखेको उनको भनाइ छ । सभामुखको कारण यो अवस्था आएकोले उनले एमालेसँग नै छलफल गर्नुपर्नेमा सर्वदलीय बैठक बोलाएर अटपटे व्यवहार प्रदर्शन गरेको एमालेको तर्क छ । सभामुखले विवाद मिलाउन नै खोजेको हो भने आफ्नो पार्टीका अध्यक्षसँग कुरा गर्ने हिम्मत दर्शाउनुपर्ने धारणा सचेतक भट्टराइले राखेका छन् ।