२९ भाद्र २०७८, मंगलवार

बागलुङ कालिका मन्दिर आजदेखि खुलाइने

  प्रकाशित मिति
२८ भाद्र २०७८, सोमबार ०१:१९



बागलुङमा कोरोना सङ्क्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले यसअघि बन्द गरिएको पार्टी प्यालेस, सिनेमा हल, ब्युटीपार्लर तथा जिम हल लगायतका क्षेत्र स्वास्थ्य मापदण्ड पुऱ्याएर खुल्न दिने र शैक्षिक संस्था पालिकाको समन्वयमा खुलाउन सकिने निर्णय भएको जानकारी दिए । पार्टी प्यालेस, सिनेमामा भने न्यून सङ्ख्या सहभागी हुन आग्रह गरिएको छ ।

यस्तै पालिकाको शिक्षा शाखाको समन्वयमा न्यून सङ्क्रमण भएको पालिकाले जिल्ला प्रशासनको अनुमतिमा विद्यालय खुलाउन सकिने छ । यसका लागि न्यूनतम स्वास्थ्य मापदण्ड भने अनिवार्य गरिएको प्रजिअ कार्कीको भनाइ छ ।

स्वास्थ्य मापदण्ड अपनाएर प्रशासनको निर्देशन अनुसार कालिका मन्दिर ६ महिनापछि खुला हुने भएको हो । जिल्लामा धार्मिक पर्यटक भित्र्याउन मन्दिरले टेवा पुऱ्याउँदै आएका थियो । मन्दिरमा सामाजिक दूरी कायम गरी दर्शनार्थीलाई प्रवेशको व्यवस्था मिलाइने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काजानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताउनुभएको छ ।

चरन क्षेत्रको अभाव, जङ्गली जनावरको आक्रमण जस्ता कारणले ताप्लेजुङ उच्च क्षेत्रका स्थानीयवासी पशुपालनतर्फ निरुत्साहित हुँदै गएका थिए तर नाका बन्दले

कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ वर्षा ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८