हवाई आक्रमणमा कम्तीमा २० हुथी विद्रोहीको मृत्यु

हवाई आक्रमणमा कम्तीमा २० हुथी विद्रोहीको मृत्यु



साउदी नेतृत्वद्वारा हुथी विद्रोहीलाई लक्षित गरी यमनको मारिब प्रान्तमा गरिएको हवाई हमलामा कम्तीमा २० हुथी लडाकू मारिएका छन्न् । सरकारी सैनिक स्रोतलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार हवाई हमलामार्फत् शनिबार साँझ राहाबा जिल्लामा हुथी लडाकूको अग्रदस्तालाई निशाना बनाइएको र चारवटा पिकअप गाडीमा रहेका २० भन्दा बढी लडाकूको मृत्यु भएको छ ।

हुथीद्वारा सञ्चालित अल-मसिरा टिभीले पनि शनिबार मारिबको पश्चिमी जिल्ला राहाबा, जबल मुराद र सिर्वाहका अग्रपङ्क्तिमा १७ हवाई हमला भएको तर आक्रमणबाट के कति क्षति भएको थियो भन्ने विषयमा विवरण प्राप्त नभएको जनाएको छ ।

गत हप्ता सरकारी फौजसँगको उत्तेजक लडाइँपछि हुथी विद्रोहीहरू राहाबा जिल्लाको मध्य शहर अल-कुलामा प्रवेश गरेका थिए । इरानसमर्थित हुथी सैन्य लडाकू दस्ताले फेब्रुअरीमा साउदी नेतृत्वको समर्थन रहेको यमनी सरकारको तेलसम्पन्न अन्तिम उत्तरी गढलाई प्रान्तको नियन्त्रणमा पार्ने प्रयासमा मारिबमा ठूलो आक्रमण गरी यस क्षेत्रलाई नियन्त्रणमा लिन सफल भएको थियो ।