२९ भाद्र २०७८, मंगलवार

संसद् सुचारु गर्न नसकेपछि सभामुखले बोलाए सर्वदलीय बैठक

  प्रकाशित मिति
२७ भाद्र २०७८, आईतवार ११:२३



संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि भन्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

सोमबार अपराह्न २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

उनका अनुसार बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालू अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । आइतबार पनि एमालेको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन ।

बैठकलाई पुनः सञ्चालन गर्न सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए, तर छलफलले कुनै निष्कर्ष निकाल्न सकेन ।

आइतबार १५ मिनेट स्थगित भएर बैठक सुरु भए पनि एमालेको अवरोधका कारण अगाडि बढ्न सकेन । त्यसपछि संसद् बैठक यही भदौ २९ गते सम्मका लागि स्थगित छ ।

एमालेले आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन दिएको भन्दै बैठक अवरोध गर्दै आएको छ ।

pict:rss



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लिग-२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग-२ का शीर्ष

स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिको निष्कर्ष बाँकेको भेरी अस्पतालमा यही भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिले

प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गर्नुभएको छ ।

इन्टरनेशनल मिलिटरी स्पोर्ट्स काउन्सिल (सिजम्स) को आयोजनामा यही भदौ ३१ गतेदेखि असोज १० गतेसम्म रसियाको राजधानी मस्कोमा आयोजना हुन गइरहेको