२९ भाद्र २०७८, मंगलवार

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ भदौ २०७८ सोमबार, १३ सेप्टेम्बर २०२१)

  प्रकाशित मिति
२८ भाद्र २०७८, सोमबार ००:१९



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ वर्षा ऋतु वि.सं. २०७८ भाद्र २८ गते सोमबार तद्अनुसार सन् २०२१ सेप्टेम्बर १३ तारिख भाद्र शुक्लपक्ष सप्तमी तिथि अनुराधा नक्षत्र ११ः२६ पर ज्येष्ठा नक्षत्र विषकुम्भ योग गर करण १ः३३ पर भद्रा करण आनन्दादिमा मानस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४८ मा भयो र सूर्यास्त साँझ १८ः०९ मा हुनेछ । महालक्ष्मी व्रतारम्भ, थकाली फालोपर्व, भ.पु. मंगलकुण्ड मेला ।

आजको राशिफल

मेष – ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ । धन खर्च हुनेछ । सामान हराउने डर रहला । ग्रहगोचरको प्रभावस्वरुप हासविलासमा आकर्षण बढ्ला । भागदौड बढ्नेछ । खेलकूद तथा भ्रमणमा रुचि बढ्नेछ । शैक्षिक र रचनात्मक काममा आंशिक प्रगति मिल्नेछ । नियमकानूनलाई ध्यानमा राख्नु पर्ला । विवादमा नपर्नु र जोखिमप्रति सचेत रहनुहोला ।

वृष – आनन्द बढ्नेछ । आरोग्यता वृद्धि होला । अन्नधन बढ्नेछ । आयस्रोत बढ्नेछ । मिठो भोजन मिल्नेछ । आफन्तसुख बढ्नेछ । सुखसुविधाको वस्तु बढ्नेछ । दौडधुप चलिरहला । ब्यर्थको झण्झटबाट छुटकारा मिल्ने समय आएको छ । यात्रा हुने र महत्वपूर्ण काम बन्ने सम्भावना छ । आर्थिक पक्षमा सुधार हुनेछ । विशेषगरी पारिवारिक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न भैहाल्नेछ । विजयश्री मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – कुनै प्रकारको जोखिममा नपरी काम गर्नु उचित हुनेछ । रोकिएको काम बन्ला । आँट उत्साह बढ्नेछ । भाग्योदय हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ ।

कर्कट – मिठो भोजन मिल्नेछ । आयस्रोत सुख समृद्धि बढ्नेछ । आर्थिक प्रगतिसँगै यश गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम, यात्रापरक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । गीतसंगीत रसराग प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा रुचि रहनेछ । ख्याति फैलिनेछ ।

सिंह – कठोर मिहीनेतले सफलता मिल्नेछ । मान सम्मान मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा केन्द्रित रहनु हीतकर होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । समस्याको समाधान मिल्नेछ । भोग विलासको अवसर मिल्ला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

कन्या – आयस्रोत बढ्नेछ । आरोग्यता बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । सन्तानसुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्मपथमा सफलता मिल्नेछ ।

तुला – कार्ममा सफलता मिल्नेछ । आफन्तसुख बढ्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । इष्टमित्रको साथ मिल्नेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । उन्नति हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । समस्याको समाधान गर्नुहुनेछ । ख्याति फैलिनेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।

वृश्चिक – शुभता बढ्ला । मनोकूलको काम बन्नेछ । आयस्रोत बढ्ला । रोकिएको धन उठ्नेछ । यश वर्चश्व बढ्ला । दायित्वलाई पूरा गर्नुहुनेछ । नयाँ दायित्वको पनि प्राप्ति हुनेछ । यात्रा परक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । विकासको सम्भावना देखा पर्नुसँँगसँगै आशा उत्साह पनि वृद्धि हुनेछ । ऐश्वर्य बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भइ योजनानुसार काम गर्नु बेस होला ।

धनु – लगानी र खर्च बढ्नेछ । खेलकुद भ्रमण विलास आदिमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाई काम गर्नुहोला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई सम्मान गर्नु हीतकर होला ।

मकर – दिन शुभ फलदायक रहनेछ । आयस्रोत वृद्धि हुनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला । दायित्वलाई पूरा गर्नुहुनेछ । आर्थिक कार्य बन्नेछ ।

कुम्भ – सुख आनन्द बढ्नेछ । यात्रा परक काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । सार्वजनिक कार्य आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला । शुभ समाचार मिल्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । रोकिएको काम बन्नेछ ।

मीन – विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । शुभ काम बन्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । हरेक प्रकारले सुख सौग्यमा वृद्धि हुनेछ । मान महत्वमा बढोतरी हुनेछ । लगानी उठ्ला । अन्नधन बढ्नेछ । यात्रा होला । ख्याति फैलिनेछ । प्रेममा सफलता प्राप्त होला । सन्तान सुख बढ्ला ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ वर्षा ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८

सनत आचार्य, बेल्जियम चितवन सहायता कोष (क्याट) बेल्जियमले कोष अभिवृद्धिका लागि आज (सोमबार) बेल्जियमको लुभेन शहरमा बारबेक्यु पार्टीको आयोजना गरेको

हरेक सचेत नेपालीलाई जानकारी भएकै कुरा हो कि केपी ओलीलाई विस्थापित गर्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न