२९ भाद्र २०७८, मंगलवार

सभापति पदमा उम्मेदवारी दिने कांग्रेस महामन्त्री डा. कोइरालाको उद्घोष

  प्रकाशित मिति
२६ भाद्र २०७८, शनिबार १२:४९



नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले १४औँ महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार हुने घोषणा गरेका छन् । शनिबार नवलपरासीको देवचुली नगरपालिकास्थित कांग्रेस पार्टी कार्यालय उद्घाटन गर्दै महामन्त्री कोइरालाले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी सभापति पदमा कायम रहने घोषणा गरेका हुन् ।

‘गिरिजा बाबुले जसरी विराटनगर गएर आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो, मैले पनि मेरो गृह जिल्ला नवलपुर आएर आज सभापति पदको लागि उम्मेदवारी घोषणा गर्दछु’, महामन्त्री डा. कोइरालाले भने, ‘सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्छ भन्ने मेरो धारणा हो, सहमति हुन नसके निर्वाचनबाटै भए पनि नेतृत्व चयन गरेर अगाडि बढ्नु लोकतान्त्रिक पद्धति हो ।’

उनले पार्टीलाई एकढिक्का बनाएर लैजानुको विकल्प नभएकोमा समेत जोड दिए ।

देवचुली नगरपालिकाको दलदले बजारमा रहेको बीपी स्मृति भवनमा नेपाली कांग्रेस देवचुली नगरपालिकाले पार्टी कार्यालय स्थापना गरेको हो । सो कार्यक्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले आगामी सङ्घीय निर्वाचनमा पनि नवलपुरबाटै निर्वाचन लड्ने समेत घोषणा गरे । यसअघिका तीन पटकका निर्वाचनमा यहाँका जनताले आफूलाई जिताएको प्रसङ्ग उल्लेख गर्दै डा. कोइरालाले आगामी निर्वाचनमा नवलपुरवासीले जिताउनेमा आफू विश्वस्त रहेको धारणा राखे ।

‘नवलपुरको विकासका लागि मैले सारेका तीन वटा कुरामध्ये बीपी अन्तर्राष्ट्रिय खेल मैदान र ट्रमा सेन्टरको काम अघि बढिसकेको छ’, डा कोइरालाले भने, ‘नारायणी नदीमा वैकल्पिक मार्गका लागि काम अगाडि बढाउँदैछु, त्यसले चाँडै नै मूर्त रूप लिनेछ ।’

file photo



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ वर्षा ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८

अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिवानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय

नेपालमा सोमबार १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६,५३९ वटा नमूना (पीसीआर १२,५३२ र एन्टीजेन ४,००७) परीक्षण गर्दा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि आफू मैदानबाट लडिरहने बताएका छन् । कांग्रेस जिल्ला कार्य समिति