२९ भाद्र २०७८, मंगलवार

नेपाली-अमेरिकन कलाकार सङ्घको अध्यक्षमा सुनुवार

  प्रकाशित मिति
२३ भाद्र २०७८, बुधबार ०३:३४



नेपाली-अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित भएकी छन् । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी, विक्की पुलामी, ऐटना कार्की, राजेन्द्र राई, महासचिवमा सङ्गीता थापा, सचिवमा मधुकुमार गिरी, कोषाध्यक्षअख पुष्कर बराल, सहकोषाध्यक्षअख पूजा न्यौपाने र युथ कोर्डिनेटरमा दिलीपकुमार श्रीष निर्वाचित भएका छन् ।

यस्तै बोर्ड सदस्यमा चिनियालाल श्रेष्ठ, बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, नवीन श्रेष्ठ र माया राई निर्विरोध निर्वाचित भएका छन् । उक्त कार्यक्रममा महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नेपाली कला क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउनका लागि नेपाली अमेरिकन कलाकार सङ्घले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सङ्घका प्रमुख संरक्षक अभय ढुङ्गेल, वरिष्ठ कलाकार डा. महेशराज ठाकुर, न्हुच्छेनारायण डङ्गोल, नरबहादुर दाहाल, आङ गेलु शेर्पा, गोमा योन्जन गुरुङ, नरवीर गुरुङ, सन्जोक लामा योन्जन, नायक विक्रान्त बस्नेत, पत्रकार दिवाकर बागचन्दलगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सनत आचार्य, बेल्जियम चितवन सहायता कोष (क्याट) बेल्जियमले कोष अभिवृद्धिका लागि आज (सोमबार) बेल्जियमको लुभेन शहरमा बारबेक्यु पार्टीको आयोजना गरेको

नेतृत्वको विरुद्ध विद्रोह हुने सङ्केत, एनआरएनएमा खैलाबैला, मन्त्रालयले रोकिदियो अधिवेशन आफ्ना व्यापारिक स्वार्थलाई डायस्पोराको नेपाली समुदायको सामाजिक स्वार्थले नेतृत्व नगरुन्जेल

सनत आचार्य गैरआवासीय नेपाली संघ बेल्जियम र साङ्ग्रीला समाज बेल्जियमको संयुक्त आयोजनामा नेपाली बालबालिका लागि भाषा, संस्कार र संस्कृति सिकाउने

सनत आचार्य, बेल्जियम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमले १५५औँ मोती जयन्तीको अवसरमा साहित्यिक कार्यक्रम आयोजना गरेको छ । बेल्जियमको