अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (अमेरिका) गठन, अध्यक्षमा पौडेल

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (अमेरिका) गठन, अध्यक्षमा पौडेल


  • राजन घिमिरे

विश्वमा छरिएर रहेका युवा उद्यमीहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यले गठन भएको अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ बिस्तार हुने क्रममा रहेको छ ।

यसक्रममा नेपाली युवा उद्यमी महासंघ अमेरिका पनि गठन भएको छ । महासंघ अमेरिकामा कार्यसमितिदेखि सल्लाहकारसम्म विभिन्न क्षेत्र, विधा, तह र तप्कामा उचाइ हात पार्न सफल ब्यक्तिहरू आवद्ध रहेका छन् । केन्द्रीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्व एवं रमेश एम के. पौडेलको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन भएको हो । यो महासंघ युवा उद्यमीहरूको ब्यावसायिक सन्जाल भएको बताइएको छ ।

-यो सन्जाल ब्यावसायिक सोच, विचार र विशेषज्ञताको केन्द्र हो’- अध्यक्ष पौडेलले बताए । महासंघले श्रृजनात्मक सोचको विकाश गर्ने र युवा उद्यमीहरूमार्फत स्वदेश र परदेशलाई जोड्ने दाबी गरिएको छ ।

महासंघको उपाध्यक्षमा नारा खकुरेल, सचिव रोशन बुढाथोकी, सहसचिव हरि ओझा, कोषाध्यक्ष ओजेश उप्रेती रहेका छन् भने सदस्यहरूमा छिरिङ ‘डोका’ अब्राहम, राधा थापा, प्रितेश कार्की, नवराज आलेमगर, अमृत महतो, प्रशन्न संग्रौला र बिक्की पुलामी छन् ।

महासंघ अमेरिकामा ह्यारी भण्डारी, गौरी जोशी, एसी शेर्पा, राजन थपलिया, डिलाराज भट्ट र नारायण पुरी सल्लाहकार रहेका छन् ।