विदेशी पत्रकारले खुलाएको नेपालमा क्रिश्चियानिज्मको अवस्था

विदेशी पत्रकारले खुलाएको नेपालमा क्रिश्चियानिज्मको अवस्था


नेपाल सरकारको धर्मनिरपेक्षताको लक्ष्य र उद्देश्य ‘क्रिश्चियानिटी प्रवर्द्धन’ रहेको छ । यसलाई रोक्न हिन्दुराज्य नेपाल र धर्मान्तरण र प्रचारसम्बन्धी कडा कानून कार्यान्वयन अति नै महत्वपूर्ण छ ।
  • अधिकारी श्री

२०६३ को प्रतिनिधिसभाको घोषणा र अन्तरिम संविधानको धर्मनिरपेक्षताको प्रावधानलाई नेपालको संविधान २०७२ ले निरन्तरता दिएपछि नेपालमा क्रिश्चियनिटीको मुहान खुल्यो र क्रिश्चियनहरूलाई पश्चिमाहरूबाट पैसाको बाढी आयो । राजनैतिक दलले धार्मिक र जातिय आस्थालाई भोट बैंकको रूपमा प्रयोग गर्ने प्रचलन संविधानले शुरु गराइदियो । हिजोसम्म कारवाही र दण्ड एवम् सजायको डरले क्रिश्चियन र पश्चिमा नेपाली समाजमा बाइबलको प्रचार र धर्मान्तरण गर्न सक्दैनन् थिए, तर आज धर्मनिरपेक्ष संविधानले उनीहरूलाई क्रिश्चियानिटीको प्रचार गर्न र धर्मपरिवर्तनसम्बन्धी अभियान सञ्चालन गर्न सहज तुल्याइदिएको छ । अर्थात्, ‘धर्मनिरपेक्षता’लाई उनीहरूले धर्मप्रचार तथा परिवर्तनका लागि ‘लाइसेन्स’कै रूपमा प्रयोग गरेका छन् । जसको प्रमाणिक र तथ्यसहितको उदाहरण ‘होली वाइन’ प्रकरण हो ।

२०७५ को मङ्सिरमा यूनिफिकेशन चर्चले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक लाख डलर राशीको रकम र प्रमाणपत्र क्रिश्चियन धर्मगुरु हक जा हन मुनकी पत्नी म्योङ मुनको हातबाट प्राप्त गरेका थिए । गुड गभर्नेन्स अवार्ड नाम दिइएको उक्त पुरस्कार नेपाललाई धर्मनिरपेक्ष बनाइ क्रिश्चियनहरूले होलीवाइन खुवाइ धर्मान्तरण गर्ने, क्रिश्चियन धर्मको प्रचारप्रसार गर्न र धर्मान्तरण एवम् क्रिश्चियनको प्रचारप्रसारमा क्रिश्चियन तथा क्रिश्चियन संस्थाहरूलाई कुनै पनि प्रकारको कारवाही नगरी क्रिश्चियन धर्मप्रति उच्च सम्मान र सद्भाव देखाएको आधारमा एक लाख डलरको पुरस्कार दिइएको हो भनी मूल्याङ्कन र विश्लेषण गर्ने यथेष्ट प्रमाणिक आधार र कारण पूर्वप्रधानमन्त्रीले दिए । अयोध्यापुरीमा रामसीताको मूर्ति र पशुपतिमा सुनको जलहरी शायद यसैको पापमोचन थियो कि

जसको फस्वरूप नेपालका दुर्गम बस्तीका गरिव नेपालीहरूलाई दबाब, प्रलोभन, धम्की र ललाइफकाइ हिन्दुबाट क्रिश्चियन बनाउने प्रक्रिया शुरु भयो । धमाधम चर्चहरूमा पश्चिमाहरूको लगानी बढ्दै गयो । पत्याउनै कठिन मकानपुरका र चितवनका चेपाङहरू हाल क्रिश्चियन भएका छन् । जस्ताको छानो भएको चर्चमा प्रार्थना गर्दछन् । तत्कालिक प्रधानमन्त्री बाबुराम भट्टराईले गरिबको घरमा एक दिन खाना खाने भन्दै क्रिश्चियन बन्नको लागि मार्गनिर्देशन र अभिप्रेरित गरे । आज यिनै भट्टराईको गृह जिल्लाका दुर्गम गाउँमा हजारौँ नेपालीले भट्टराईको अगुवाइमा क्रिश्चियन धर्म अँगालेका छन् । पहाडी र हिमाली गाउँबस्तीमा मन्दिरको तुलनामा चर्चको सङ्ख्या अस्वभाविक र द्रूत रूपमा बढेको छ ।

अन्तरिम संविधानबाट हौसिएका र पश्चिमाको पैसामा रमाएका क्रिश्चियनहरूको लागि महत्वपूर्ण साथ र समर्थन सरकार तथा राजनैतिक दलहरूले दिएका छन् । सरकार र राजनैतिक दलको संरक्षणमा चर्चहरूको निर्माणमा ब्यापक लगानी गर्दै धर्म परिवर्तनको लागि हिन्दुधर्मलाई, गरिव नेपाली समुदायमा बदनाम तुल्याएर धर्मान्तरण गरिने कार्यले गति लियो र हाल पनि धर्मान्तरणको कार्य जारी रहेको छ । हाल मिशिनरीको रूपमा नेपालका पहाडी, हिमाली र मध्यक्षेत्रका जिल्लाहरूमा क्रिश्चियन धर्मान्तरण तीव्र रहेको छ ।

२०६३ को संविधानले हिन्दुधर्मलाई कुल्चिएपछि नेपालको संविधान २०७२ ले धर्मनिरपेक्षतालाई संस्थागत गऱ्यो । सारा हिन्दुधर्मावलम्बीले हिन्दुराज्य कायम गरौँ भन्ने स्वर क्रिश्चियन धर्मनिरपेक्षताको माग भन्दा ठुलो र भयङ्कर हुँदाहुँदै पनि नेपालको संविधानमा हिन्दुराज्यले स्थान पाएन ।

के नेपाल त्यस्तो देश हो जहाँ केही खाद्यान्न, पैसा र लुगाको भरमा धर्म परिवर्तन गराउन सकिन्छ ? के नेपाल अफ्रिकन राष्ट्रहरूमा रहेको शरणार्थी शिविर जस्तो हो जहाँ एक डलर वा पाउरोटीको केही टुक्रामा महिलाको शरीर किनिन्छ ? अनि नेपालमा पैसा र लुगाको भरमा धर्म परिवर्तन गराइन्छ । नेपाल सरकारको प्रत्येक्ष सहयोग, सद्भाव, आश्रय, प्रश्रय र संरक्षणको अभावमा यस्तो कार्य हुनै सक्दैन ।

संविधानमा धर्मनिरपेक्षताको ब्यवस्थाले कसरी नेपालमा क्रिश्चियानिटी द्रूत रूपमा बढ्यो ? कसरी धर्मान्तरण हुने गरेको छ ? सरकारले कसरी क्रिश्चियनलाई प्राश्रय दिएको छ ? भन्ने कुरालाई तलका दुई वटा समाचारलाई प्रतिनिधि समाचारकोे रूपमा प्रस्तुत गरिएको छ । यस्ता खाले अनगिन्ती समाचार र प्रतिवेदनहरू गुगलको भित्तामा रहेका छन् ।

तलको समाचारमा रहेका कुराहरू निकम्मा, नालायक, नेपाल सरकार, प्रधानमन्त्री, मन्त्रीहरू, गृह र संस्कृति मन्त्रालय साथै मूख्यसचिव, गृहसचिव एवम् खुफिया कार्य गर्ने जिम्मेवारी पाएको राष्ट्रिय सतर्कता केन्द्रलाई ‘समर्पण’ गर्दछु ।

नेपालमा किन द्रूत रूपमा क्रिश्चियनहरूको सङ्ख्या बढिरहेको छ भन्ने शीर्षकमा एनपीआरडटओआरजीमा २०१६ को अङ्ग्रेजीमा लेखिएको एउटा समाचार छ, जसलाई डानिइलले प्रेइसले लेखेका छन् ।

उक्त समाचारमा वल्र्ड क्रिश्चियन डाटाबेसको आधारमा विश्वभरको तुलनामा नेपालमा सबैभन्दा द्रूत गतिमा क्रिश्चियनहरूको सङ्ख्या बढेको उल्लेख छ । नागरिक समाचारपत्रका विश्वमणि पोखरेललाई उद्धरण गर्दै उक्त समाचारमा नेपालमा १९५१ को जनगणनामा नेपालमा क्रिश्चियनको सङ्ख्या शून्य रहेको, १९६१ मा ४५८ रहेको, २००१ मा लगभग १०,२००० रहेको त्यसपछि ३७५,००० रहेको जनाउँदै यो सङ्ख्या गलत रूपमा रिपोर्ट गरिएकोले सङ्ख्या अझ धेरै भएको बताइएको छ ।

उक्त समाचारमा पोखरेल भन्छन्- पहिले क्रिश्चियनको पार्टीमा कुखुरा काटिन्थ्यो, तर अहिले नयाँ अतिथिहरूको (नयाँ क्रिश्चियनहरू) लागि खसी काट्ने गरिएको छ ।’ समाचारले अगाडि लेख्छ- ‘हिन्दु अधिराज्यबाट कम्यूनिष्टले नेतृत्व गरेको नेपाल धर्मनिरपेक्षीय सङ्घमा रूपान्तरण भएपछि ठूलो धार्मिक स्वतन्त्रता भयो । कसैलाई अरु धर्म परिवर्तन गर्न प्रोत्साहित गर्नु गैरकानूनी थियो । तर नेपालले आधिकारिक रूपमा ‘हिन्दु’ हटाएपछि परिवर्तन सहज भयो र नियमहरू पनि हल्का (कमजोर) भए ।’

‘काठमाडौं उपत्यका र खेती गरिने पहाडहरूमा चर्चहरू च्याउजस्तै छन् । (काठमाडौं उपत्यका र पहाडहरूमा चर्चहरू च्याउ जस्तै उम्रिएका छन्) । धर्मान्तरण गैरकानूनी नै छ । तर राजनैतिक अस्थिरता, कमजोर कानून कार्यान्वयनले गर्दा यसलाई (धर्मान्तरण) रोक्न सक्दैन । यसैबीच, गत वर्षको भूकम्पले क्रिश्चियनको उदयलाई बलियो बनायो । लामो समयदेखि फसेको सरकारले गरिब गाउँलेलाई सहयोग गर्न असफल भयो । सहयोगी समूहहरू (क्रिश्चियन)ले फाइदा उठाइ मुक्तिको सन्देश बोकेर आए ।’- समाचारमा उल्लेख छ ।

काठमाडौंबाट २५ माइल टाढा रहेको दाप्चामा २०११ मा पहिलो चर्च बनाइएको र हाल १००० जनसङ्ख्या रहेको दाप्चामा तीन वटा चर्च रहेको कुरा उल्लेख छ । उक्त समाचारले अरु कोही जान नसक्ने वा नजाने स्थानमा मिशन नेपाल २००८ सञ्चालन गरेको कुरासमेत जनाएको छ ।


Photo Courtesy: The Records

केही खाना र कपडाहरू बाँडियो ता कि हाम्रो कुरा उनीहरूले सुनुन् र उनीहरूलाई विश्वस्त पारियो । उनीहरू क्रिश्चियानिटीलाई अँगाल्न थाले, निरक्षर गरिवलाई अडियो बाइबल एमपीथ्री भर्सनमा उपलब्ध गराएको, भुकम्पको बेलामा पैसा बाँडेको, उत्पीडित समुदायहरूलाई धर्मान्तरण गरिएको लगायतका कुराहरू पनि उक्त समाचारमा पाष्टर तेज रोक्कालाई उद्धरण गरी लेखिएको छ ।

यो धर्मान्तरण धर्मनिरपेक्षताको आडमा नै भएको हो । जसलाई समाचारमा स्वीकार गरिएको छ । धर्मनिरपेक्षताले कसरी क्रिश्चियानिटी फैलाउँदै छ भन्ने प्रमाण यो भन्दा ठुलो अरु के हुन सक्ला ? कपडा र खाना दिएर धर्मान्तरण गराउने रोक्कालाई कानूनबमोजिम कारवाही गर्न नसक्ने सरकारलाई यस लेखमा निकम्मा भनिएको हो । आफ्नो देशको धर्मको रक्षा गर्न नसक्ने, सूचना र समाचारसम्म पहुँच बनाउन नसक्ने धर्मद्रोहीहरूमाथि उल्लेख गरिएका सरकारी निकाय र ब्यक्तिहरू हुन् । कारवाही गर्नृुपर्ने निकायले नै कारवाही नगरेपछि उनीहरूको मिलिभगत क्रिश्चियानिटीको प्रचार र धर्मान्तरणमा छ भन्ने कुरालाई माथिको समाचारले थप बल प्रदान गर्दछ ।

पिट पाटिशनले लेखेको अर्को समाचार हेरौँ । रेकर्डनेपालडटकमा सन् २०१७ मा आएको एउटा समाचारको शीर्षक ‘किन धेरै नेपालीहरू क्रिश्चियनमा परिवर्तन भइरहेका छन् ?’ भन्ने रहेको छ । उक्त समाचारमा मकवानपुरको मनहरी छेउमा १० वटा मन्दिर र बाहिरबाट हेर्दा ३५ वटा चर्च रहेको तर चर्चको सङ्ख्या १०० रहेको जनाइएको छ । उक्त समाचारमा नेपाल चेपाङ एसोसिएसनका एक ब्यक्तिले दश वर्षअगाडि २०० चर्च रहेकोमा हाल मकवानपुरमा एक हजार चर्च रहेको बताएका छन् । द वर्ल्ड क्रिश्चियन डाटावेसले संसारमा एकदमै द्रूत गतिमा क्रिश्चियनहरू बढेको राष्ट्रमा नेपाल रहेको दाबी डाटावेसले गरेको कुरा पनि उल्लेख छ । नेपाली मिडियालाई धर्मान्तरण भइरहेको भन्ने थाहा भएता पनि नतिजाको रूपमा यसलाई पश्चिमी नवउपनिवेशिक हस्तक्षेतको रूपमा ब्याखा गर्ने गरेकोलगायतका कुरा समाचारमा उल्लेख छ ।

हिन्दु धर्मलाई तथानाम गाली गर्दै सबैलाई समानता हुने, भेदभाव र छुवाछुत क्रिश्चियन धर्ममा नहुने कुराको ब्याख्या गर्दै क्रिश्चियन बनाउने मूल मन्त्र बोक्ने मिशनरीहरूले जातअनुसारको चर्च बनाएको कुरा उक्त समाचारमा उल्लेख गरिएको छ ।

उक्त समाचार लेख्छ- ‘जे होस् यसको मतलब यो होइन कि क्रिश्चियन धर्मले सामाजिक सीमाहरूलाई भङ्ग गरेको छ (तोडेको छ) । मनहरीवरिपरि, उदाहरणको लागि चर्चहरू जाति र जातिय आधारमा बनेको देखिन्छ । चेपाङ, तामाङ र दलितहरूको लागि फरक-फरक चर्चहरू रहेको कुरा समाचारमा उल्लेख छ । राष्ट्रिय क्रिश्चियन फेडरेशन नेपालले परिवर्तन गराइएकाहरूमा ६५ प्रतिशत दलित रहेको कुरा जनाएको समेत उक्त समाचारमा उल्लेख छ ।

छद्म वैज्ञानिक गैरचिकित्सालाई व्यापकता दिइएको तर यस्तो कुरा धेरै आश्चर्यजनक हुनु हुँदैन नि ! भन्ने कुरा पनि समाचारमा उल्लेख छ । गैरचिकित्सकीय विधिबाट रोग निको नहुने यो छद्म रूपमा रहेकोले धेरै आश्चर्यजनक रूपमा यसलाई प्रस्तुत गर्न नहुने भन्ने मान्यता समेत समाचारले राखेको छ ।

तत्कालिक प्रधानमन्त्री बाबुराम भट्टराईले गरिबको घरमा एक दिन खाना खाने भन्दै क्रिश्चियन बन्नको लागि मार्गनिर्देशन र अभिप्रेरित गरे । आज यिनै भट्टराईको गृह जिल्लाका दुर्गम गाउँमा हजारौँ नेपालीले भट्टराईको अगुवाइमा क्रिश्चियन धर्म अँगालेका छन् । पहाडी र हिमाली गाउँबस्तीमा मन्दिरको तुलनामा चर्चको सङ्ख्या अस्वभाविक र द्रूत रूपमा बढेको छ ।

क्रिश्चियन हिन्दु धर्मभन्दा सस्तो रहेको, हिन्दु पण्डितले बाख्रा, कुखुरा र धेरै उपहारहरू माग्ने गरेको तर चर्चले आयको दश प्रतिशत मात्र माग्ने गरेको । आर्थिक रूपमा योगदान गर्न नसक्नेले खाद्यान्न दिएर चर्चलाई योगदान गर्न सक्ने कुरा समेत समाचारमा उल्लेख छ । केही क्षेत्रमा क्रिश्चियन भनेको ठुलो ब्यापार हो । एक पादरीको हवाला दिँदै उक्त समाचारमा भनिएको छ- ‘केही क्रिश्चियनहरू पैसाको लागि मात्र छन् । धेरै पैसा अमेरिकी र दक्षिण कोरियालीहरूबाट आएको छ । पादरीहरू लोभी छन् र पैसाको लागि विदेशमा इमेल गरेर समय बिताउँछन् ।’ उक्त समाचार लेख्दछ ।

भुकम्पपश्चात बाइबल चामलको बोरामा आयो । भुकम्प स्पष्ट अवसर रहेको थियो र पैसालाई क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरियो । सरकार कमजोर र असफल भएपछि बाइबलले एक महत्वपूर्ण सामाजिक सुरक्षाको जालो प्रदान गरेको कुरासमेत सो समाचारमा जनाइएको छ ।

यी समाचारले उल्लेख गरेका सूचना, सन्दर्भ र कुराहरूले जन्माएका प्रश्न धेरै छन् । विशेष रूपमा छद्म गैरचिकित्सकीय उपचार प्रणाली अवलम्बन गर्दा, चामलको बोरामा बाइबल आउँदा, पैसा अनि लुगा दिएर धर्म परिवर्तन गर्दा, पढ्न नसक्नेहरूलाई मोबाइलमा एमपीथ्री भर्सनमा बाइबल उपलब्ध गराउँदा, विनाअनुमति चर्चहरूको स्थापना गर्दा किन यस्तो कार्य दण्डनीय हुन सकेन ? के नेपाल त्यस्तो देश हो जहाँ केही खाद्यान्न, पैसा र लुगाको भरमा धर्म परिवर्तन गराउन सकिन्छ ? के नेपाल अफ्रिकन राष्ट्रहरूमा रहेको शरणार्थी शिविर जस्तो हो जहाँ एक डलर वा पाउरोटीको केही टुक्रामा महिलाको शरीर किनिन्छ ? अनि नेपालमा पैसा र लुगाको भरमा धर्म परिवर्तन गराइन्छ । नेपाल सरकारको प्रत्येक्ष सहयोग, सद्भाव, आश्रय, प्रश्रय र संरक्षणको अभावमा यस्तो कार्य हुनै सक्दैन ।

मौलिक, सनातनी वैदिक धर्ममाथि यसरी निरन्तर आक्रमण भइ धर्मान्तरण द्रूत रूपमा यसरी नै बढाउने कार्य नेपाल सरकारले निकट भविष्यमा धार्मिक द्वन्द्वलाई आमन्त्रण गर्नु रहेको छ । त्यस द्वन्द्वमा हिन्दुधर्मालम्बीहरू अल्पसंख्यक र मन्दिरैमन्दिरका शहरहरू चर्च नै चर्चको शहरमा परिणत हुने छन् । नेपाल सरकारको धर्मनिरपेक्षताको लक्ष्य र उद्देश्य ‘क्रिश्चियानिटी प्रवर्द्धन’ रहेको छ । यसलाई रोक्न हिन्दुराज्य नेपाल र धर्मान्तरण र प्रचारसम्बन्धी कडा कानून कार्यान्वयन अति नै महत्वपूर्ण छ ।