नेपालका रोहित र अष्ट्रेलिया ब्रिसवेनका राजु मिलेर चलचित्र बनाउने

नेपालका रोहित र अष्ट्रेलिया ब्रिसवेनका राजु मिलेर चलचित्र बनाउने


  • राजन घिमिरे

पछिल्लो समय प्रवासमा नेपाली कलाकारिता विधा मौलाउँदै जान थालेको छ । प्रवासमा पनि नेपाली सिनेमा निर्माण र कलाकारिता विधामायुवाहरू सक्रिय रहँदा साँच्चै नेपाली चलचित्रले विश्व बजारमा फड्को मारिरहेको छ ।

प्रवासमा नेपाली सिनेमाहरूको बजार फराकिलो हुँदै जान थालेको आजको अवस्थामा अष्ट्रेलिया र नेपालका दुई युवाबीचको सहकार्यमा चलचित्र निर्माण हुने खबरले यतिबेला चलचित्र बजार गर्माएको छ ।

नेपालबाट निर्माता रोहित अधिकारी र अष्ट्रेलियाको ब्रिसवेनबाट राजु कानबीचको सहकार्यलाई स्वागतयोग्य मानिएको छ । रोहित ‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता हिट चलचित्र बनाइसकेका निर्माता हुन् भने राजु कान अष्ट्रेलियाको ब्रिसवेनमा रहेर पनि नेपाली कलाकारितालाई निरन्तरता दिँदै आएका कालाकर्मी हुन् । उनले त्यहाँबाटै दर्जनौँ भिडियो बनाइसकेका छन् भने मोडलिङ पनि गरिसकेका छन् ।

यतिबेला चलचित्र निर्माणको लागि आन्तरिक गृहकार्य भैरहेको छ भने चलचित्र राम्रै लगानीमा बन्ने भएको छ । जानकारी दिइएअनुसार चलचित्रमा चलेका कलाकार र कहलिएका निर्दैशकको सहभागिता रहने छ । ‘चलचित्रलाई हिट र सबैको प्रिय बनाउन हामी दिलोज्यानले लाग्ने छौँ’- रोहित र राजुले एकसाथ भने ।

चलचित्रको छायाङ्कन अष्ट्रेलियाको ब्रिसवेन र विश्वकै दशभित्र परेको सुन्दर शहर अष्ट्रेलियाको गोलकोस्टमा गरिने निश्चित भएको छ । चलचित्रको बारेमा ब्रिसवेनबाट राजु कानले भने- ‘रोहित अधिकारी जस्ता हिट निर्मातासँग जोडिन पाउनु मेरो लागि गौरवको कुरा हो । अब हामी यो सहकार्यलाई निरन्तरता दिने छौँ ।’ जानकारी दिइएअनुसार अष्ट्रेलियाको बोर्डर खुलेको तीन महिनापछीछि चलचित्रको छायाङ्कन शुरू हुनेछ ।