सेकेण्ड ह्याण्ड अन्डयरवियर र जिन्स बेच्छिन् बेलायती राजकुमारी

सेकेण्ड ह्याण्ड अन्डयरवियर र जिन्स बेच्छिन् बेलायती राजकुमारी



उनलाई धनको कुनै कमी छैन, प्रसस्त छ धनसम्पत्ति ! बेलायती राजघरानाकी राजकुमारी हुन् उनी, तर आश्चर्य लाग्ला– उनी अन्डयरवियर र जिन्स बेच्ने गर्छिन् । आखिर यति धनी र सम्मानित परिवारकी सदस्य राजकुमारी किन कपडा बेचबिखनको काम गर्छिन् त ? कौतुहल उत्पन्न हुनु स्वभाविकै हो ।

बेलायती राजघरानाकी राजकुमारी लेडी एमेलिया विन्डसर अन्डरवियर र जिन्स बेच्ने कार्य गर्छिन् । कुनै मल वा सपिङ सेन्टरमा नभइ राजकुमारी आफूले लगाएका विभिन्न कपडाहरू अनलाइनबाट बेच्छिन् र, यो काम उनले लामो समयदेखि गर्दै आएकी छिन् । उनको कपडा किन्न ग्राहकबीच हारालुछ नै हुन्छ, किनकि उनका कपडा निकै डिजाइनदार र उच्च कोटीका हुन्छन् ।

२६ वर्षीया एमेलिया बेलायतको राजगद्दीको दाबेदारमा ४२औँ स्थानमा पर्छिन् । राजपरिवारमा एमेलियाको सुन्दरताको निकै प्रशंसा हुने गर्दछ । यतिबेला उनी आफ्नो २६औँ जन्मदिवस कहाँ र कसरी मनाउने, कस्तो पार्टीको आयोजना गर्ने भन्ने योजना बनइरहेकी छिन् ।

राजकुमारी एमेलियाले अन्डरवियर, जिन्स र आफूले पहिरिएका अन्य कपडा बिक्री गर्नुको कारण राजपरिवारको सदस्य हुनु बुझिएको छ । राजपरिवारको सदस्य भएकै कारण पहिरनमा विशेष ख्याल गर्नुपर्ने भएकाले एमेलियाले आफूले लगाएका लुगा बेच्ने गरेको मिडियाले चर्चाको विषय बनाएका छन् । राजपरिवारको शानलाई मध्यनजर गर्दा एक पटक लगाएको लुगा अर्को पटक लगाउन त्यति सहज र राम्रो मानिँदैन । यसरी कपडाको थुप्रो लाग्ने भएकोले त्यसलाई व्यवस्थित गर्नका लागि पनि एमेलियाले अनलाइनबाट आफ्ना सेकेण्ड ह्याण्ड कपडा बिक्री गर्न थालेकी हुन् ।

राजकुमार ह्यारी र राजकुमार चाल्र्सकी भतिजी हुन् एमेलिया । उनले आफनो प्रारम्भिक शिक्षा एस्काटको सेन्ट मेरी स्कुलबाट र उच्च शिक्षा एडिनवर्ग विश्वविद्यालय हासिल गरेकी थिइन् । सन् २०१६ मा विश्वकै चर्चित म्यागजिन टेटलरको आवरण पृष्ठमा तस्बिर छापिएपछि राजकुमारी एमेलिया विश्वसामू अलग पहिचान बनाउन सफल भएकी थिइन् ।

एमेलियालाई सवैभन्दा मनपर्ने खेल लन टेनिस हो । त्यसैले उनी विश्व टेनिसको ताज मानिने र ग्य्राण्डस्लाम मध्यको प्रमुख ‘विम्बल्डन’ हेर्न राजपरिवारका सदस्यका साथ खेलाडीहरुको हौसला बढाउन रङ्गशाला जाने गर्छिन् ।