जिम्न्यास्टिक सङ्घबाट ‘तानाशाह’ को बिदाइ -श्रीविक्रम भण्डारी

जिम्न्यास्टिक सङ्घबाट ‘तानाशाह’ को बिदाइ -श्रीविक्रम भण्डारी


खेलकुदको मेरुदण्डको रूपमा रहेको नेपाल जिम्न्यास्टिक सङ्घको निर्वाचन हालै सम्पन्न भएको छ । ३० वर्षसम्म तदर्थवादमा सीमित रहेको जिम्न्यास्टिक सङ्घको निर्वाचनपछि बल्ल यो सङ्घले वैधानिकता पाएको छ । शक्तिका आडमा जिम्न्यास्टिक सङ्घमाथि रजाइँ गर्दै आएका तानाशाही मानसिकताका पदाधिकारीहरूको यो निर्वाचनपछि अन्त्य भएको छ । पूर्वपदाधिकारीहरूले जिम्न्यास्टिक खेलको विकासभन्दा आफ्नो स्वार्थसिद्ध गर्दै आएका कारणले यो खेल ओझेलमा परेको थियो । महत्त्वपूर्ण खेल हुँदाहुँदै पनि खेलकुद परिषद्को एउटा कुनामा थन्किएको र प्राय: मृत अवस्थामा रहेको जिम्न्यास्टिक सङ्घलाई ब्युँझाउन केही महिनाअघि राष्ट्रिय खेलकुद परिषद्ले विघटन गरेको थियो । तदर्थवादबाट मुक्ति नपाएको जिम्न्यास्टिक सङ्घलाई वैधानिक सङ्घ बनाउन राष्ट्रिय खेलकुद परिषद्कै निर्देशनमा गत साता ऐतिहासिक निर्वाचन भएको थियो ।
०३७ सालमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको नेपाल जिम्न्यास्टिक सङ्घको अध्यक्षको कार्यभार अहिलेसम्म चारजनाले सम्हालिसकेका छन् । तीमध्ये पहिलो संस्थापक अध्यक्षका रूपमा सुवर्णबहादुर क्षेत्री थिए भने दोस्रो कुन्ती राणा । तेस्रो अध्यक्षका रूपमा सङ्घको कार्यभार सम्हाल्न पुगेका ध्रुवबहादुर प्रधान त्यसपछि जिम्न्यास्टिक सङ्घमा तानाशाह भएर निस्किएका थिए । ०५२ सालदेखि निरन्तर रूपमा जिम्न्यास्टिक सङ्घको स्वघोषित अध्यक्ष बनेका प्रधानले आफ्नो कार्यकालमा जिम्न्यास्टिक सङ्घको अस्तित्वलाई समेत एकादेशको कथामा पुर्याइदिएका थिए । प्रधानको यही गैरजिम्मेवारी रवैयाका कारणले उनलाई राखेपले अध्यक्ष पदबाट हटाएर धु्रवकुमार तिम्सिनालाई अध्यक्ष बनाएको थियो । एक वर्षपछि शक्तिको आडमा पुन: प्रधान नै सङ्घको कार्यभार सम्हालेको थिए । यसरी चौध वर्षसम्म एकछत्र राज गरेका प्रधानले जिम्न्यास्टिक खेललाई गोलखाडीमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सो अवधिमा जिम्न्यास्टिक खेलको विकासमा एउटा सिन्कोसमेत नभाँचेको हतिहास पल्टाउँदा प्रस्ट रूपमा देख्न सकिन्छ । नेपाल ओलम्पिक कमिटीसम्म पुग्नका लागि मात्रै जिम्न्यास्टिक सङ्घलाई पुल बनाएका प्रधानले आफ्नो कार्यकालमा एउटा पनि राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न भ्याएका थिएनन् ।
नेपाल ओलम्पिक कमिटीले आफूलाई खेलकुदको सर्वोच्च निकायका रूपमा प्रस्तुत गर्दै राखेपलाई वाइपास गर्न थालेपछि यी दुई संस्थाका बीच जुँगाको लडाइँ चलेको थियो । फलस्वरूप राखेपले आफ्नो अस्तित्वमाथि आइपरेको चुनौतीलाई आत्मसात् गर्दै अर्थात् आफ्नो अधिकारको प्रयोग गर्दै ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको जिम्न्यास्टिक सङ्घलाई केही महिनाअघि विघटन गरेर किशोरबहादुर सिंहको नेतृत्वमा नयाँ तदर्थ समिति गठन गरेको थियो । यसरी थुप्रै कुरामा असहमतिका र विवाद चरि्कएको बेलामा प्रधानलाई राखेपले जिम्न्यास्टिक सङ्घको अध्यक्षबाट हटाएपछि विवाद अझ चरि्कएको थियो । खेलकुदका नीति नियमहरूलाई पाखा लगाएर आफुखुसी कार्य गर्दै आएको एनओसीको नाकमा रस्सी लगाउने क्रममा राखेपले प्रधानको ओलम्पिक पुग्ने पुल भाँचिदिएको थियो । त्यसपछि तिरमिराएका प्रधानले यसलाई गैरकानुनी भने पनि उनीसँग कुनै वैधानिक सबुत प्रमाण नभएकोले मुखमा दही जमाएर बस्नुपरेको थियो । फलस्वरूप नयाँ तदर्थ समितिलाई समयमै निर्वाचन गर्न गराउन राखेपले निर्देशन दिएको थियो ।
३० वर्षसम्म तदर्थवादबाट माथि उठ्न नसकेको नेपाल जिम्न्यास्टिक सङ्घले गत साता केन्द्रीय महाधिवेशन तथा केन्द्रीय निर्वाचन सम्पन्न गरेको छ । युवा तथा खेलकुदमन्त्री गणेश नेपालीलेे उद्घाटन गरेको उक्त कार्यक्रममा १४ जिल्लाका प्रतिनिधि, १३ प्रशिक्षक जुरी, ५ वटा जिम्न्यास्टिक क्लब र १५ सदस्य गरी ५२ जना महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उक्त महाधिवेशनले आगामी चार वर्षका लागि पूर्वसदस्यसचिव किशोरबहादुर सिंहलाई पहिलो निर्वाचित अध्यक्षमा चुन्दै १७ सदस्यीय कार्यसमितिको चयन गरेको छ । नवनियुक्त कार्यसमितिको वरिष्ट उपाध्यक्षमा मोहनराज भट्ट, बाबुराम थापा र पदमनारायण तिम्सिना रहेका छन् । त्यस्तै, महासचिवमा मुकुन्दलाल नकर्मी, सचिवमा जिम्न्यास्टिकका वरिष्ट प्रशिक्षक नवीन उप्रेती र कोषाध्यक्षमा प्रशिक्षक राजेश्वरमान स्थापित रहेका छन् । सङ्घको सदस्यमा प्रवीण उप्रेती, कविन्द्र तण्डुकार, पूर्णसिंह बोहरा, निरु दर्शनधारी, रमेश पौडेल, सन्देश मानन्धर, विष्णुनारायण ग्वाछा, सुदेश भेले, मोहम्मद खलिल हलुवाई र सुरेश केसी सर्वसम्मतिबाट निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिका पदधिकारीहरूलाई राखेपका कोषाध्यक्ष मीनकृष्ण महर्जनले प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै खेलकुद विकास विभाग प्रमुख तथा प्रमुख निर्वाचन अधिकृत कमल खनालले निर्वाचित पदाधिकारीलाई गोपनियताको शपथग्रहण गराएका थिए ।
उक्त कार्यक्रममा उपाध्यक्ष बाबुराम थापाले जिम्न्यास्टिक खेल खेलकुदको ‘मदर’ खेल भएको चर्चा गर्दै यो खेल अहिलेसम्म तदर्थवादमै सीमित रहनु दुर्भाग्य भएको बताए । थापाले केही व्यक्तिहरूको सीमित स्वार्थका कारणले गर्दा यो खेल तदर्थवादभन्दा माथि उठ्न नसक्ने आरोप लगाएका थिए । सदस्यसचिव हरिबाबु चौधरीले आज नौलो कुरा सुनियो भन्दै प्रजातान्त्रिक तरिकाबाट सङ्घलाई अगाडि बढाउन शुभकामना दिनुभएको थियो । त्यस्तै, खेलकुदमन्त्री गणेश नेपालीले कुनै पनि सङ्घ ३० वर्षसम्म तदर्थवादमा चल्नु कल्पनाबाहिरको कुरा भएको बताउँदै यो कुरा थाहा पाएपछि आफू आश्चर्यचकित भएको बताए । मन्त्री नेपालीले कुनै पनि सङ्घ खानदानी नहुने र सोअनुरूप चल्नु पनि नहुने प्रस्ट पारेका थिए । नयाँ कुराको सूत्रपात गर्दा र परिवर्तन ल्याउन सुरुमा कठिनाइ उत्पन्न हुने भए पनि पछि राम्रो हुने बताएका थिए । मन्त्री नेपालीले खेलकुद र मुलुकको हितका लागि लोकतान्त्रिक पद्धतिअनुसार हुने निर्वाचनलाई शुभेच्छा प्रकट गर्दै यसलेे अन्य खेलकुदका सङ्घहरूमा पनि सकारात्मक सन्देश जाने विश्वास प्रकट गरेका थिए ।
त्यस्तै नवनिर्वाचित अध्यक्ष किशोरबहादुर सिंहले जिम्न्यास्टिक सङ्घको ऐतिहासिक निर्वाचन सफल भएकोमा खुसी प्रकट गर्दै आफूहरूले राखेपको नीति र निर्देशन, विधानअनुसार निर्वाचन गरेको बताए । सिंहले खेलकुद परिषद् गरिमामय संस्था भएको र यसको संरक्षक प्रधानमन्त्री हुने भएकोले कसैले खेलकुदको नीतिनियमलाई मान्दैन र खेलकुदलाई भाँड्ने कार्य गर्छ भने त्यसलाई कारबाही गर्नुपर्ने बताए । सिंहले खेलकुदको नियम उल्लङ्घन गरेर जुन गैरकानुनी रूपमा अर्को पक्षले निर्वाचन गरिएको छ त्यसप्रति राखेपको ध्यानाकर्षण गराउँदै निमय मिच्नेलाई कारबाही गर्नुपर्ने माग राखेका थिए । सिंहले एनओसी ओलम्पिकको चार्टरअनुसार चल्ने संस्था भएकोले सरकारको निर्णयविरुद्ध जानुको साटो सहमति र सहकार्यका साथ अघि बढ्ने कुरामा विश्वास प्रकट गरेका थिए ।

ध्रुवबहादुरको नौटङ्की … गर्नेलाई भन्दा देख्नेलाई लाज
-रतिश्री राणा
चौध वर्षसम्म कानमा तेल हालेर बसेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले हालै अर्को उपद्रो गरेका छन् । आफू पनि केही नगर्ने र अर्काले गरेको पनि देख्न नसक्ने मानसिकता बनाएका प्रधानले पुन: जिम्न्यास्टिक सङ्घमा भाँजो हाल्ने काम गरेका छन् । ३० वर्षसम्म तदर्थवादमा रहेको नेपाल जिम्न्यास्टिक सङ्घलाई आफूले चौध वर्ष हाँक्दासम्म निर्वाचन नगरेका प्रधानले हालै निर्वाचन गरेर खेलकुदलाई पुन: विवादमा ल्याउने कार्य गरेका छन् । खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्भन्दा एनओसीलाई ठूलो देखाउँदै आएका र खेलकुदको र्सर्वेसर्वा आफूलाई ठान्दै आएका प्रधानले पुन: एकपटक राखेपलाई चुनौती दिने दुस्साहस गरेका छन् । जिम्न्यास्टिक सङ्घको अध्यक्षको रूपमा चौध वर्षसम्म कार्यभार सम्हाल्दा सिन्कोसमेत भाँच्न नसकेका प्रधानले अहिले अन्तर्रर्ााट्रय संस्थाको धाक लगाउँदै राखेपलाई तर्सर्ााे षड्यन्त्रमा लागेका छन् ।
राखेपले जिम्न्यास्टिक सङ्घलाई विघटन गर्दा चुँसमेत नगरेका प्रधानले अहिले जिम्न्यास्टिक सङ्घको निर्वाचन राखेपको अगुवाइ र निर्देशनमा भएपछि अन्तर्रर्ााट्रय संस्थाको धाक लगाउँदै राखेपलाई तर्सर्ाा रातारात अर्को निर्वाचन गरेर खेलकुद उत्कृष्ट नौटङ्की देखाएका छन् । प्रधानको यो हरकत कति घीनलाग्दो छ, यहाँ उल्लेख गरिरहनु आवश्यक नभए पनि एउटा राष्ट्रिय पार्टीको जिम्मेवार नेता यतिसम्म गिर्न सक्छन् भन्ने कसैले अनुमानचाहिँ गरेका थिएनन् । चौध वर्षसम्म जिम्न्यास्टिक सङ्घलाई कुकुरको पुच्छर बनाएका प्रधानले त्यसलाई सोझ्याउनुको साटो अस्तित्व समाप्त पार्नेपट्टिनै लागेको कुरा उनको कार्यकाललाई अध्ययन र विश्लेषण गर्दा स्पष्ट रूपमा थाहा पाउन सकिन्छ । जिम्न्यास्टिक सङ्घ जीवन र मरणको दोसाँधमा छटपटिरहँदा कर्केनजरले पनि हर्ेन फुर्सद नपाएका प्रधानले अहिले ठूलो बाघ मार्ने फुर्तिका साथ सङ्घको निर्वाचन गर्दा आची गर्नेलाई भन्दा देख्नेलाई लाज भएको छ । प्रधानले कुन स्वार्थबाट प्रेरित भएर राखेपलाई चुनौती दिँदै यस्तो गैरजिम्मेवारी हरकत गरे त्यो खोजीको विषय बनेको छ ।
यत्रो वर्षसम्म प्रधानले जिम्न्यास्टिक सङ्घको निर्वाचन किन गरेनन्, र अहिल्यैै किन गर्नुपर्यो – त्यो प्रश्न उठ्नु स्वाभाविकै भए पनि प्रधानले चाहेर वा नचाहेर सङ्घको निर्वाचन नगरेको कुरा भने सत्य हो । बिनाखेलनीतिको खेलकुदमा शक्तिको आडमा तानाशाह लादेका प्रधानले निर्वाचनलाई कहिल्यै प्राथमिकताको सूचीमा राखेका थिएनन् । लोकतान्त्रिक पद्धतिलाई आत्मसात् गर्दा विरोधी विचारहरूको पनि सम्मान गर्नुपर्ने बाध्यताले गर्दा पनि प्रधान यो कुराको विरुद्धमा थिए । जहाँ बिनारोकटोक आफ्नो स्वार्थसिद्ध गर्न पाइरहेको छ, त्यहाँ साधु बनेर देखाउनु मर्ूखता हुने प्रधानको कुटिल मानसिकताले गर्दा नै तीन दशकदेखि जिम्न्यास्टिक सङ्घको निर्वाचन हुन नसकेको हो । खेेलकुदको नाडीलाई राम्रोसँग छामिसकेका र परिआएको खण्डमा जस्तोसुकै छलकपट पनि गर्न सकिने कुरामा ढुक्क भएका प्रधानले अहिले सोही रणनीतिलाई अख्तियार गरेका छन् । प्रधानले अन्तर्रर्ााट्रय संस्थाको धाक लगाउँदै राखेपको निर्देशनमा विधानसम्मत भएको जिम्न्यास्टिक सङ्घको निर्वाचनलाई समेत ओझेलमा पार्ने कोसिस गरेका छन् । आफ्नो अस्तित्व जोगाउन प्रधानले यस्तो रणनीति अख्तियार गरे पनि उनीजस्तो व्यक्तित्वले यस्तो गैरकानुनी हरकत गर्न कति सुहाउँछ – त्यो सोचनीय कुरा बनेको छ ।
जिम्न्यास्टिक सङ्घको सचिवमा हालै निर्वाचित नवीन उप्रेतीले ध्रुवबहादुर प्रधानलाई सङ्घमा रहने वैधानिक अधिकार नभएको बताएका छन् । उप्रेतीले कुनै पनि सङ्घमा रहनका लागि एउटा राष्ट्रिय च्याम्पियनसिप, दुई राष्ट्रिय प्रतियोगिता र एउटा राष्ट्रिय प्रतियोगिता गर्नुपर्ने खुलासा गरेका थिए । ध्रुवबहादुर प्रधानको नेतृत्वमा रहेको जिम्न्यास्टिक सङ्घले २०५२ सालदेखि एउटै पनि राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना नगरेको बताए । पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सरकारले गराए पनि प्रधानले जिल्ला छनोटका लागि एकसुका बजेट पनि नदिएको आरोप लगाएका थिए । उप्रेतीले कुनै पनि सङ्घलाई दर्ता र खारेजी गर्ने अधिकार राखेपमा मात्रै सीमित रहेको उल्लेख गर्दै राज्यको कानुन कसैले तोड्न नसक्ने बताए । यो निर्वाचन प्रधानले नै गठन गरेका र स्वीकृति प्रदान गरेका जिल्लाका प्रतिनिधिलाई समेटेर गरिएको हुनाले सरकारले आफूहरूलाई वैधानिकता दिएको ठोकुवा गरेका थिए ।
यसरी अहिले आफैं थापेको जालमा प्रधान आफैं परेका छन् । प्रधानले शिखण्डीको रूपमा पाकिस्तान ओलम्पिक कमिटीका महासचिव तथा एसियन जिम्न्यास्टिक युनियनका सदस्य पइन्दा मलिकलाई आफ्नो हतियार बनाए पनि पाकिस्तान ओलम्पिक कमिटीले आफूलाई यसबारेमा केही जानकारी नभएको सूत्रलाई बताएको छ । मलिक व्यापारिक कामले नेपाल आएको पनि सूत्रले बताएको छ । यसरी व्यक्तिगत कामका लागि आएको व्यक्तिलाई प्रधानले कसरी निर्वाचनको प्रमुख बनाए खोजीको विषय बनेको छ ।

पत्नी, प्रेमिका र विश्वकप फुटबल
खेल र सेक्सको सम्बन्ध सकारात्मक भएको विशेषज्ञहरूले प्रमाणित गरिसकेका छन् । अझ कुनै ठूलो प्रतियोगिताको आयोजना हुँदा त पत्नी र प्रेमिकाले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । त्यसैले होला खेलाडीहरूमा नौलो उत्साह भर्नका लागि विगतमा प्रशिक्षकहरूले खेलाडीका पत्नी र प्रेमिकालाई सँगै विश्वकपमा लान दिएका थिए । तर, जुन कार्यका लागि उनीहरूलाई विश्वकपमा लगिएको थियो परिणाम त्यसको ठीक उल्टो आएपछि अहिले समयमै सजगता अपनाइन थालेको छ । यस्तो सजगता अपनाउने टिममा इङ्गल्यान्ड अग्रपङ्क्तिमा रहेको छ । आगामी जुनमा दक्षिण अफि्रकामा आयोजना हुने विश्वकप फुटबल प्रतियोगितामा इङ्गल्यान्डलाई प्रमुख दाबेदार टिमको रूपमा प्रस्तुत गरेपछि यस्तो सजगता अपनाईएको हो ।
इङ्गल्यान्डका प्रशिक्षक फाबियो कापेलोले आफ्ना खेलाडीहरूलाई गोप्य रूपमा पत्नी र प्रेमिकालाई दक्षिण अफि्रका नलैजाने निर्देशन दिएका थिए । खेलाडीहरूले सोही कुरालाई आत्मसात् गर्दै आफ्ना पत्नी र प्रेमिकालाई विश्वकपमा नलग्ने निर्णय गरेका हुन् । खेलाडीहरूको यो निर्णयबाट निकै प्रसन्न देखिएका प्रशिक्षक फाबियोको अनुहार अहिले हर्ेनलायक भएको छ । उनको मुहारमा निकै खुसी देखिएको छ भने विश्वकप जित्ने आत्मविश्वासलाई समेत बढाइदिएको छ । विश्वकपमा फुटबलरका सुन्दरी पत्नी र प्रेमिकाको उपस्थितिले मिडियाको ध्यानाकर्षण गर्ने भएकोले यसको नकारात्मक प्रभावबाट खेलाडीहरूलाई बचाउन आफूले पहिल्यै यस्तो योजना बनाएको बताएका छन् । चर्चित खेलाडीका पत्नी र प्रेमिकाहरूलाई मिडियाले खोजीखोजी हिँड्ने र जथाभावी बोल्न लगाउने कारणले गर्दा खेलाडीहरूको ध्यान खेल्नमा भन्दा उनीहरूतर्फ केन्द्रित हुने आफूले यस्तो रणनीति अपनाएको प्रशिक्षक फाबियोले बताएका छन् ।
गत विश्वकपमा पत्नी र प्रेमिकाकै कारणले टिममा नकारात्मक प्रभाव परेको बताउने फाबियो यसपटक आफ्ना खेलाडीहरूलाई उनीहरूबाट टाढै राख्न चाहन्थे । प्रशिक्षक फाबियोको चाहना खेलाडीहरूको ध्यान खेलमा मात्रै होस् भन्ने थियो जसमा अहिले उनी सफल भएका छन् । फाबियो आफ्नो रणनीतिमा सफल भएपछि खेलाडीका पत्नी र प्रेमिका अब घरमै बस्न बाध्य भएका छन् । उनीहरूको चाहना पति र व्वाइफ्रेन्डसँगै दक्षिण जाने रहे पनि अब उनीहरूले टेलिभिजनमै विश्वकप हेरेर चित्त बुझाउनुपर्ने छ । दक्षिण अफि्रकाको चिसो हावा खाने रहर हुँदाहँुदै पनि त्यसमा अङ्कुश लगाउनुपर्नेछ । यसरी यो विश्वकप उनीहरूका लागि वहार नभई पतझर बन्ने पक्का भएको छ । पति र प्रेमीको अँगालोमा बाँधिएर रोमान्स गर्नुको साटो उनीहरूले खेलेको हेरेर चित्त बुझाउनुपर्ने भएको छ ।
त्यसैले होला इङ्गल्यान्ड टिमका चर्चित स्ट्राइकर वाइन रोनीकी पत्नी कोलिनले पनि घरमै बस्ने निर्णय गरेकी छिन् । उनले आफू इङ्गल्यान्ड फाइनलमा पुगेपछि मात्रै दक्षिण अफि्रका जाने बताएकी छिन् । साथै कोलिनले विश्वकपको आनन्द उठाउन केही ठूला प्रतियोगिताको अवसरमा साथीभाइ, परिवार र खेलाडीका पत्नी र प्रेमिकालाई बोलाएर पार्टीको आयोजना गर्ने बताएकी छिन् । त्यस्तै अर्का चर्चित खेलाडी स्टेफन जेर्रार्डकी पत्नी एलेक्स कुरानले पनि दक्षिण अफि्रका नजाने फैसला गरेकी छिन् । विश्वकपको रमझम आयोजनस्थलमै गएर हर्ेन पाउँदाको आनन्द बेग्लै हुने भए पनि बच्चाहरू सानै भएका कारणले आफूले यस्तो निर्णय गर्नुपरेको उनले बताएकी छिन् । आफ्नो सम्बन्धमा आएको तिक्ततालाई मेट्ने यो सुवर्ण अवसर भएको सुनाउँदै त्यहाँ चाहेर पनि जान नपाउनु आफ्नो बाध्यता भएको बताएकी छिन् । यसैगरी जो कोलकी पत्नी कार्ली जुकर, फ्रान्क ल्याम्पार्टकी प्रेमिका क्रिस्टिन बेक्ले पनि घरमै बस्ने भएका छन् । प्राप्त जानकारीअनुसार यसपटक प्राय: खेलाडीले विश्वकपमा आफ्ना पत्नी र प्रेमिका नजाउन् भन्ने चाहना राखेको स्रोतले बताएका छन् ।

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल
सर्वाधिक पुरस्कार राशिको पाँचौं ढोरपाटन ‘ब्लु स्काई कप’ सनी हाउसिङ महिला भलिबल डबल लिग प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । दसदिने प्रतियोगिता ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन लागेको आयोजकका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराएका थिए ।
नयाँ बसपार्कमा हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहनेछ । सहभागी टिमहरूमा साविक विजेता ज्ञानुबाबा उमावि -पोखरा), साविक उपविजेता फिस्टेल एकेडेमी -पोखरा), नेपाल पुलिस क्लब, एन्जल्स हर्ट मावि -मनमैजु), न्यु डाइमन्ड एकेडेमी -पुरानो नैकाप), टोप्स उमावि -पोखरा) र मजदुर सहिद स्मृति क्लब छन् । प्रतियोगिताको विजेताले दुई लाख २ हजार, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै चौथोदेखि छैटौं स्थानमा रहने टिम क्रमश: २५ हजार, १५ हजार र १० हजार नगदको हकदार बन्नेछन् । उत्कृष्ट खेलाडीलाई एक तोला सुनको सिक्री दिइनेछ । उत्कृष्ट खेलाडीको चयन दर्शक मतका आधारमा गरिनेछ । उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर, लिफ्टर, क्विकर र प्रशिक्षकलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने बताइएको छ ।