३१ भाद्र २०७८, बिहीबार

ए डिजिभन लिग फुटबल कात्तिक अन्तिम सातादेखि

  प्रकाशित मिति
१७ श्रावण २०७८, आईतवार १७:४१


शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

एन्फा र लिगमा सहभागी हुने १४ क्लबका प्रतिनिधिबीच आइतबार भएको बैठकले लिगको समय परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि ए डिभिजन लिग असोज ३ गतेदेखि तय भएको थियो ।

साफ च्याम्पियनशिप आगामी असोज तेस्रो साता आयोजना हुने भएकाले लिग ढिला गर्नुपरेको एन्फाले जनाएको छ । यसपटक लिग विजेताले रु ७५ लाख पुरस्कार प्राप्त गर्ने छ । यसअघि विजेताले रु ५० लाख पाउने गरेको थियो ।

यस्तै लिग उपविजेताले रु ५० लाख पुरस्कार प्राप्त गर्ने छ । यसअघि उपविजेतालाई रु २५ लाख दिइने गरिएको थियो । तेस्रो हुने टोलीले रु २५ लाख पुरस्कार प्राप्त गर्नेछ । ए डिभिजन लिगमा सहभागी हुने प्रत्येक क्लबलाई प्रतियोगिताको तयारीका लागि रु २० लाख उपलब्ध गराउने एन्फाले जनाएको छ । लिगको अङ्कतालिकाको पुछारमा रहने दुई टोली बी डिभिजनमा घटुवा हुनेछन् ।

लिगका लागि खेलाडीको दर्ता प्रक्रियाको थालनी भइसकेको छ । लिगमा सहभागी हुने १४ वटै क्लबले खेलाडीलाई अनुबन्ध गर्ने काम गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राजनीतिक वातावरण तरल रहेकै अवस्थामा केही समयअघि भएको भारतीय सेनाध्यक्ष जनरल नरवणेको नेपाल भ्रमणलाई पनि सफल सैनिक कूटनीतिरुपमा हेरिएको छ

प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलको वार्षिकोत्वसका अवसरमा विभिन्न विधामा ३५

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । आगामी