२९ भाद्र २०७८, मंगलवार

छिन्नमस्ता मन्दिरको मुकुट चोरी

  प्रकाशित मिति
१७ श्रावण २०७८, आईतवार १६:३०



सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आइतबार साँझ चोरी भएको छ ।

साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ ।

चोरी गरिएको मुकुटसहित चोरी गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । साथै चोरी भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताउनुभएको छ ।

चरन क्षेत्रको अभाव, जङ्गली जनावरको आक्रमण जस्ता कारणले ताप्लेजुङ उच्च क्षेत्रका स्थानीयवासी पशुपालनतर्फ निरुत्साहित हुँदै गएका थिए तर नाका बन्दले

कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ वर्षा ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८