मंगलबार कोरोनाबाट बीसको मृत्यु

मंगलबार कोरोनाबाट बीसको मृत्यु



नेपालमा मंगलबार ३,८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२,६५५ पीसीआर परीक्षण गर्दा २,७२६ जना र ४,८६३ एन्टिजेन परीक्षण गर्दा १,१७३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७७४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ४७५, भक्तपुरमा १३२ र ललितपुरमा १६७ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो चौबीस घन्टामा देशभर २० जनाको मृत्यु भएको छ ।