नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति पुग्नुभयो त्रिवि शिक्षण अस्पताल

नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति पुग्नुभयो त्रिवि शिक्षण अस्पताल



राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानुभएको छ ।

राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालका अनुसार मंगलबार बिहान अस्पताल पुगी उहाँले नियमित स्वास्थ्य उपचार गर्नुभएको हो । राष्ट्रपतिमा कुनै समस्या नभइ नियमित जाँच मात्र गराउनुभएको ढकालको भनाइ छ ।

राष्ट्रपति भण्डारी उपचारका लागि अस्पतालमा करिव ४० मिनेट रहनुभएको थियो ।

file photo