सोमबार थपिए ३,४२१ संक्रमित

सोमबार थपिए ३,४२१ संक्रमित



नेपालमा सोमबार थप ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार २४० पीसीआर परीक्षण गर्दा २ हजार ३९१ जना र ५ हजार ३२ एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७३८ पुगेको छ।

गत २४ घण्टामा १ हजार ६८६ जना कोरोना संक्रमणमुक्त भएका र हाल देशभर २७ हजार ९०८ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।