जापानकी मोमीजीले बनाइन् ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण जित्ने कीर्तिमान

जापानकी मोमीजीले बनाइन् ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण जित्ने कीर्तिमान


मात्र १३ वर्षको उमेरमा स्केटबोर्डिङतर्फ ओलम्पिकमा स्वर्ण पदक जितेर जापानकी मोमीजी निशियाले ऐतिहासिक कीर्तिमान बनाएकी छन् । टोकियो ओलम्पिकमा स्केटबोर्डिङतर्फ स्वर्ण पदक जितेकी मोमोजी ओलम्पिक इतिहासमै सबभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी बनेकी छन् । मोमीजीले ओलम्पिकमा स्वर्ण पदक जित्दा उनको उमेर १३ वर्ष ३३० दिन थियो ।

टोकियो ओलम्पिकमा महिलातर्फको स्केटबोर्डिङको स्पर्धामा मोमीजीले टिक्स सेक्सनमा १५.२६ को स्कोर गर्दै स्वर्ण पदक जितेकी हुन् । त्यस्तै ब्राजिलकी रायसा लीलले रजत र जापानकै फुना नाकायामाले काँश्य पदक जितेका छन् ।

यदि दोश्रो स्थानमा रहेकी ब्राजीलकी रायसाले स्वर्ण पदक जितेकी भए उनी विश्वकै सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने खेलाडी बन्ने थिइन् । रजत पदक जितेकी रायसाको उमेर १३ वर्ष २०३ दिन थियो । उनको उमेर मोमीजीको भन्दा १२७ दिन कम भएकोले इतिहास रच्ने सुनौलो अवसर रहे पनि अब उनको त्यो मौका गुमेको छ ।

यसअघि सन् १९३६ को बर्लिन ओलम्पिकमा ३ मिटर स्प्रिङबोर्डतर्फ अमेरिका मार्जोरी गेस्टिङले सबैभन्दा कम उमेरमा व्यक्तिगत रूपमा स्वर्ण पदक जितेर ओलम्पिकमा कीर्तिमान बनाएका थिए । त्यसबेला गेस्टिङको उमेर १३ वर्ष २६८ दिन थियो ।

टोकियो ओलम्पिकमा समावेस गरिएका चार नयाँ खेलहरूमा स्केटबोर्डिङ पनि एक थियो, जसमा जापानले अहिलेसम्म दुई वटा स्वर्ण पदक जितिसकेको छ । पुरुषतर्फको स्केटबोर्डिङमा जापानकै खेलाडी युटो होरिगोमले स्वर्ण पदक जितेका थिए ।