टोकियो ओलम्पिकमा कोभिडको असर, धेरै खेल प्रभावित हुन सक्ने आँकलन

टोकियो ओलम्पिकमा कोभिडको असर, धेरै खेल प्रभावित हुन सक्ने आँकलन


  • जापान प्रतिनिधि

कोभिड माहमारीका बीच सुरु भएको टोकियो ओलम्पिकमा कोभिडको प्रत्यक्ष असर देखिन थालेको छ ।

शनिबार विभिन्न खेलका खेलाडीहरुमा कोरोना पोजिटिभ देखिएपछि केही खेल प्रतियोगिता रद्द भएका छन् । आज (शनिबार) ओलम्पिकको पहिलो बिच भलिबल प्रतियोगिता रद्द भएको ओलम्पिक आयोजक टिमले जनाएको छ । जानकारीअनुसार चेकका एक खेलाडीमा कोरोना पोजिटिभ देखिएपछि खेल नै रद्द हुन पुगेको हो ।

यसका अलवा जर्मनी (साइक्लिस्ट), डच, फ्रेन्चलगायतका मुलुकका विभिन्न खेलसँग सम्बन्धित खेलाडीहरुमा कोभिड संक्रमण पुष्टि भएको छ । यसले टोकियो ओलम्पिकका धेरै खेलहरु प्रभावित हुने आँकलन गरिन थालिएको छ ।