युरोपनिर्मित सि.जी. ब्राण्डका डिसवासर र वासिङ मेसिन नेपाली बजारमा

युरोपनिर्मित सि.जी. ब्राण्डका डिसवासर र वासिङ मेसिन नेपाली बजारमा



नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सि.जी.ले हालै युरोपमा डिजाइन र उत्पादन गरी वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ ।

युरोपमा उत्पादन भएका कारण यी सामाग्रीहरूमा विभिन्न किसिमका विशेषताका साथै निकै नै आकर्षक स्वरुप पनि रहेका छन् । वासिङ मेसिनको विशेषताको बारेमा भन्नुपर्दा यसमा डिजिटल ड्राइभ मोटर रहेको छ, जसले तपाईंको घरको विजुलीको बचत गराउँछ भने यो एकदमै शान्त रूपमा पनि चल्ने गर्दछ ।

यसमा पर्ल ड्रमको प्रयोग गरिएको छ । जसले तपाईंको कपडालाई हेरचाह गरी सफासँग धुने र लुगाको आयु पनि बढाउँदछ । यसमा एलर्जी सेफ नामक प्रोग्राम पनि राखिएको छ । यो प्रोग्रामले तपाईंको कपडामा रहेको विभिन्न किसिमका एलर्जेन्सहरूलाई हटाइ तपाईंको कपडा स्वच्छ राख्दछ । यो वासिङ मेसिन बुम¥याङ बडी सेपमा रहेको हुनाले कपडा धुँदा भाइब्रेसन कम हुने गर्दछ ।

त्यस्तै, यसमा इकोलोजी सिस्टम पनि रहेको छ । यो सिस्टमले गर्दा उपभोक्ताले मेसिन कम लोडमा चलाउँदा पनि बिजुली तथा पानी कम खाने गर्दछ । यो वासिङ मेसिनमा १५ वटा वास प्रोग्रामहरू राखिएको हुनाले आफ्नो इच्छाअनुसार कुनै पनि प्रोग्राम प्रयोग गर्न सक्नुहुनेछ । यो वासिङ मेसिनले कपडा धोइसकेपछि आफैभित्र नै लुगा सुकाइदिने भएकोले यो मनसुन मौसमा एकदम नै उपयोगी हुनेछ । कम्पनीले यसको खरिदमा १० वर्षको मोटर वारेण्टीसमेत प्रदान गरेको छ ।

त्यस्तै, अर्को युरोपमा डिजाइन र उत्पादन गरिएका डिसवासरहरू बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा उपलब्ध गराएको छ । उपभोक्ताले आफ्नो आवश्यकता अनुसार यसलाई खरिद गर्न सक्नुहुनेछ । यसमा डिस्प्ले स्क्रिन तथा टच स्क्रिन भएका हुनाले उपभोक्तालाई यी डिसवासरहरू प्रयोग गर्न एकदमै सजिलो हुनेछ । यसमा विभिन्न वासिङ प्रोगामहरू पनि रहेका छन् । जसलाई प्रयोगकर्ता आफ्नो आवश्यकताअनुसार प्रयोग गर िआफ्नो भाँडाहरूलाई सफा गर्न सक्नुहुनेछ ।

यी दुवै मोडलमा धेरै भन्दा धेरै विभिन्न किसिमका विशेषताहरू रहेका छन् । ती विशेषताहरूमा स्टिम वास, अटो डोर टेक्नोलोजि, वि.एल.डि.सि. टेक्नोलोजि, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सन रहेका छन् ।

स्टिम वासको सहायताले तपाईंले कट–कटिएका भाँडाहरू, जुन हामीलाई हातले धुँदा एकदमै कठिनाई हुन्छ, त्यस्ता भाँडाहरूलाई सजिलै बाफ उत्पन्न गरि हाईजिनिक राखि सफा नतिजा दिन्छ । त्यस्तै अर्को अटो डोर टेक्नोलोजि रहेको छ । यो विशेषताको कारण अब तपाईलाई धुईसकेको भाँडाहरूलाई सुकाइरहने झन्झटबाट मुक्त गर्दछ । यसले भाँडा धुईसकेपछि आटोमेटिक ढोका खुल्दछ र भित्ररहेका बाफहरूलाई बाहिर निकालेर बाहिरको हावा भित्र प्रवेश गराई पर्फेक्ट ड्राइङ पर्फमेन्स दिनेछ ।

कम्पनीले जनाएअनुसार वि.एल.डि.सि. टेक्नोलोजि वा हाइड्रोपावर पनि यसको विशेषता रहेको छ, जसको मद्दतले तपाईंको घरको पानी, मोटरको इनर्जी र समयको बचत गर्दछ । डिउल प्रो वासको मद्दतले तपाईंको भाँडालाई दुई वटा छुट्टाछुट्टै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्ण रुपमा सफा गर्दछ । त्यस्तै, अर्को जेट वास विशेषता रहेको छ । यसले कम फोहर भएका भाँडाहरूलाई केवल १४ मिनेटमा नै सफा गर्दछ । हाफ लोड अप्सन टेक्नोलोजीले, यदि तपाईंको भाँडाहरू थोरै छन् भने तपाईंले डिसवासरमा रहेको तलको बास्केट वा माथिको बास्केट मात्र प्रयोग गरी भाँडा धुन सक्नुहुनेछ । यसले गर्दा पनि इनर्जी तथा पानी दुवैलाई जोगाउने गर्दछ ।

अब डिसवासरको खरिदमा उपभोक्ताले १५ प्लेस सेटिङमा ३ वर्षको मोटर वारेण्टी र १२ प्लेस सेटिङमा १ वर्षको वारेण्टी पाउनु सक्नेछन् ।