१३ मंसिर २०७८, सोमबार

गोर्खाहरूले आफ्नो माग पूरा गर्न रिले अनशन थाले

  प्रकाशित मिति
७ श्रावण २०७८, बिहीबार ०३:०५


  • रासस

पटक-पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ ।

बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिले अनशन बस्न परेको अभियानकर्मी ज्ञानराज राईले बताउनुभयो । बुधबारदेखि १३ दिनसम्म लगातार अनशन बस्ने र हरेक दिन एक एक जना अनशन बस्ने योजना रहेको राईले बताउनुभयो । सत्याग्रह समितिका प्रमुख कृष्णबहादुर राईका अनुसार यो १३ दिनभित्र बेलायती सरकारले वार्ताका लागि कुनै पहल गरेन भने त्यसपछि भोक हड्तालमा बस्ने योजना रहेको बताउनुभयो ।

गत महिना गोर्खाहरूका मागसँग सरोकार राख्ने पाँचवटा संस्था र गैरआवसीय नेपाली सङ्घ युकेलगायतले नेपाल सरकार र बेलायत सरकार दुवैलाई पत्र पठाएको थियो । पत्रमा भूपू गोर्खाहरूको समान पेन्सनलगायतका माग राखेर वार्ताका लागि आग्रह गरिएको थियो । यो पटक १३ बुँदे मागसहित आन्दोलनमा रहेका गोर्खाहरूको उक्त अनशनलाई गोर्खा हकहितका लागि काम गर्दै आइरहेको गेसो नामक संस्थाले भने साथ दिएको छैन ।

नेपाल सरकार र बेलायत सरकारलाई आफ्ना माग पुऱ्याइसकिएको र बेलायतजस्तो ठाउँमा अनशनजस्तो गतिविधि गर्नुले समस्या समाधानभन्दा पनि थप जटिल हुने गेसो संस्थाका सभापति कृष्णकुमार राईले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मातृभूमिका लागि नेपाली’ले विवेकशील साझा नामक पार्टीद्वारा गरिएको भ्रामक प्रचारबाजीबाट संगठन आश्चर्यचकित भएको जनाएको छ । केही महिनाअघि नै सङ्गठनबाट

दक्षिण अफ्रिकाका राष्ट्रपतिद्वारा प्रतिबन्ध हटाउन आग्रह पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र तथा फ्रान्समा पनि कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनबाट सङ्क्रमित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच आइतबार भेट भएको छ । मुख्यमन्त्री कार्यालयमै दिउँसो

झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते