१३ श्रावण २०७८, बुधबार

देउवाबाट प्रेरित भट्टद्वारा डडेल्धुरा सभापतिमा उम्मेदवारी

  प्रकाशित मिति
६ श्रावण २०७८, बुधबार १५:३९


  • डम्बर निदाल, डडेल्धुरा

नेपाली काङ्ग्रेसको आसन्न १४औं महाधिवेशन तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सातौं जिल्ला अधिवेशनको लागि चहलपहल शुरु भएको छ । जिल्ला स्तरका कांग्रेसका नेता तथा कार्यकर्ता अधिवेशनको पुर्वसन्ध्यामा उम्मेदवारीको घोषणासहित कार्यकर्ता भेटघाटका लागि गाउँटोलमा ब्यस्त देखिन्छन् ।

यसै क्रममा नेपाली कांग्रेस केन्द्रिय सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाबाट राजनीतिक प्रेरणा पाएका कांग्रेस महाधिवेशन प्रतिनिधि तथा अधिवक्ता हरिप्रसाद भट्टले कांग्रेस डडेल्धुराको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका नेता भट्टले जिल्लामा रहेको पार्टीको गुटलाई एक ढिक्का बनाइ अघि बढाउनका साथै आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका सातवटै स्थानीय तहमा नेपाली कांग्रेसलाई विजयी गराउनका लागि उम्मेदवारी दिएको बताएका छन् ।

डडेल्धुरा कांग्रेसलाई सुदृढीकरणसँगै एक ढिक्का भएर अगाडि बढाइ जनताको पार्टी बनाउने उद्देश्यले उम्मेदवार भट्टले १०बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् । विद्यार्थीकालमा देउवाले तिमीलाई नेता बनाउँछु भनेकोले उनकै प्रेरणाबाट नै आफू राजनीतिमा सक्रिय भएको स्मरण गर्दै नेता भट्टले अबको जिल्लाको सभापतिको उम्मेदवारमा सभापति देउवाले आफुलाई नै सहयोग गर्ने दाबी गरेका छन् ।

आफ्नो उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नहुने उनको भनाइ छ । सभापतिको उम्मेदवारी फिर्ता गरेर न्यायाधीशको अफर आयो भने के हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘न्यायाधीश मात्रै होइन मन्त्रीको अफर आए पनि मेरो उम्मेदवारी फिर्ता हुँदैन ।’

केन्द्रीय सभापतिमा प्रधानमन्त्री देउवालाई नै विजयी गराउनेसमेत नेता भट्टले प्रतिबद्धता व्यक्त गरेका छन् । तीन दशक लामो कांग्रेसको इतिहासमा आफूले जहिले पनि देउवाका लागि ज्यान जोखिममा राखेर लागेको उनले बताए । वर्तमान जिल्ला सभापति कर्ण मल्लको समर्थन र कांग्रेस कार्यकर्ताको सहयोग आफ्नो लागि अपरिहार्य रहेको पनि उनको भनाइ छ ।

घोषणा कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं अमरगढी नगरपालीकाका पूर्वमेयर मोहनराज पाठक, नेपाली कांग्रेस डडेल्धुराका जिल्ला कमिटी सदस्य गोकुल शाही, तरुण दल डडेल्धुराका जिल्ला अध्यक्ष शेरवहादुर साउँद, नेपाली कांग्रेस अमरगढी नगरसभापति दानबहादुर पाल, विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डम्बर निदाल, डडेल्धुरा रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रको आलिताल परशुराम भएर

नेपालमा मंगलबार ३,८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२,६५५ पीसीआर परीक्षण गर्दा २,७२६ जना र ४,८६३ एन्टिजेन परीक्षण

अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो शहर

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । अमेरिकाको सेनाले थोरै संख्यामा