१२ श्रावण २०७८, मंगलवार

इम्बोष्ड नम्बर प्लेट रद्ध गर्न महामन्त्रीसमक्ष बोधपत्र

  प्रकाशित मिति
६ श्रावण २०७८, बुधबार १०:२२


भाषा सार्वभौमसत्तासम्पन्न राष्ट्र र जनताको अस्तित्वसँग अभिन्न रूपमा जोडिएको प्राणशक्ति र आमजनताको नैसर्गिक शान र सौभाग्यसमेत हो । भाषाले राष्ट्रको कला, साहित्य, संस्कृति, संस्कार, रीति, परम्परा, सभ्यता, धर्म, दर्शन, इतिहास, भूगोललगायत आदि असंख्य विधाहरूको ज्ञानराशि आम नागरिकहरूलाई सम्प्रेषण गरिरहेको हुन्छ । आफ्ना अग्रज पूर्वजहरूको यशकीर्ति र पौरख वा पुरूषार्थलाई समेत भाषाले बचाइराखेको हुन्छ ।

आफ्ना सर्वभौम जनता र राष्ट्रको रक्षा, सुरक्षा, सेवा र सम्मानलाई जोगाउन, बचाउन र सेवा र सम्मानका लागि देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका मुकर्रर गरिएको हुन्छ । यी अङ्गहरूले सार्वभौम राष्ट्र र आमजनताको अस्तित्व र महत्त्वलाई जोगाउन, बचाउन र मर्यादित बनाउन नसके वा दायित्व पूरा नगरेमा सार्वभौम जनताले नञा विकल्प खोज्छन् र रोज्ने अधिकार जनतामै रहेको हुन्छ ।

नेपालीहरूलाई देशभित्र बसे बँधुवा दास र देशबाहिर गए शरणार्थी दास बनाउने बेइमानी र विषाक्त योजनामा ल्याइएको र आएको तथा हाम्रा सम्पूर्ण लेख्य साक्ष्य प्रमाणहरूलाई शून्यमा परिणत गराउन र गर्न नेपाली भाषा हमलालाई योजनावद्ध ढङ्गले तीव्रता दिइएको पाइन्छ । भाषाघस्तका लागि पाँचवटा सूत्र प्रतिपादन भएको छ, जसमा- क) झर्रोवाद, ख) सरल र प्रविधिमैत्री, ग) इम्बोष्ड नम्बर प्लेट, घ) युनिकोड, र ङ) मध्यम मार्ग ।

यी विषाक्त सूत्र प्रहार गरेर निरन्तर रूपमा नेपाली भाषामाथिको प्रहारलाई तीव्रता दिइएको छ । आधुनिकता नेपाल र नेपालीहरूका लागि मात्र र नेपालमा मात्र आएको हैन । यो संसारमा भएका सबै देशहरूमा आधुनिकता र प्रविधि आएको छ । ती कुनै पनि देशमा आएको प्रविधिले उनीहरूको भाषा लगायतका अस्तित्व यथावत रहने । तर नेपालमा चाहिँ त्यही प्रविधिको आवरणमा आफ्नो सर्वस्व समाप्त हुने ? के यो प्रविधि नेपालको अस्तित्त्व समाप्त पार्नका लागि मात्र बनाएको हो ? आज यो प्रश्न सम्पूर्ण जिम्दा नेपालीहरूको मनमा जीवन्त बनेर उठिराखेका छन् । त्यसैमध्येको यो असंवैधानिक सम्झौताद्वरा ल्याइएको र आएको ‘इम्बोष्ड नम्बर प्लेट’ हो ।

नेपालभित्र सञ्चालन भइराखेका र हुने सम्पूर्ण सवारी साधनहरूबाट देवनागरी लिपि, वर्णाक्षरहरू र अङ्क र आमनेपालीहरूको संवैधानिक गोपनियता एवं भाषिक हकाधिकारलाई एकसाथ समाप्त पार्न भएको असंवैधानिक यो आत्मघाती सम्झौता बङ्गलादेशमा मुकाम कायम गरिएको ‘डेकोडा टाइगर कम्पनी’सँग पाँच अर्ब पच्चिस खर्ब र पैंतालिस करोड आफ्नै देशको राज्यकोष खर्चेर गरिएको पाइन्छ । यो पूर्णतः विवेकहीन दानवीय मूर्खता नै हो ।

कमिशनको लोभमा कुन हदसम्मको तुच्छ कुकर्म हुन्छ भन्ने यो दारुण दरिद्रताबाट छर्लङ्ग हुन्छ । यो अत्याचारलाई असंवैधानिक भन्नुको अर्थ मौजुदा नेपालको संविधान, २०७२ को धारा, १(१), धारा, ७(१), धारा , २८, धारा ३२(३) र धारा, २७४ को (१) देखि (१०) सम्मको बर्खिलाप र विपरित हुने गरी यो असंविधानिक सम्झौता भएको छ । स्वयंले समेत बोल्ने आफ्नै भाषाको लिपि, वर्णाक्षरहरू र अंकसमेत सधैंका लागि समाप्त पार्न र आमनागरिकहरूको संविधनप्रदत्त नैसर्गिक भषिक तथा गोपनीयताको हक बेच्नका लागि भएको यो पीडादायी अत्याचार कार्यन्वयन गर्न गराउनका लागि निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले आ. व ०७८/७९ को बजेटको शीर्षक नं २९० मा राज्यकोषको बजेटको समेत तर्जुमा गरिएको छ । हाल यस पृथ्वीमा लगभग २०० देशहरू अस्तित्वमा रहेका छन् । ती कुनै पनि देशहरूले आफ्नो देश र आफ्ना नागरिकहरूमाथि यस्तो घनघोर अत्याचार गरेको पाइँदैन । आफ्नै वाणीलाई समाप्त पर्ने अत्याचार त सामान्य चेतना भएका जन्तु र जनावरहरूले समेत नगरेको अत्याचर यो नेपालमा भैराखेको दानवीय भाषाघाती अत्याचार । आफ्नै भाषाको लिपि, अक्षरहरू र अंकसमेत बेचेर खाने दुष्टहरूबाट सार्वभौमसत्ता सम्पन्न नेपाल र नेपालीहरूमाथि भएको यो कारुणिक अत्याचार हो । निवर्तमान ओली सरकारले गरेको यो निकृष्ट र तुच्छ बेइमानीलाई उसैको चिहानले समेत थुकिरहने छ ।

अतः देश र आमा नेपालीहरूमाथि भएको यो असंवैधानिक अत्याचारलाई समुच्चा समुच्चै रद्द गरेर हाम्रो नैसर्गिक भाषिक तथा गोपनीयताको हक रक्षाका लागि दर्बिलो ढङ्गले नेपाली काङ्ग्रेसका तर्फबाट पहल गरिदिन डेमोक्रेटिक लयर्स एशोसिएशन, नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान, निर्झर दिलचेत वाङ्गमय प्रतिष्ठान, नेपाल तथा देवनागरी लिपि तथा वर्णक्षर बचाऊँ अभियानको एक प्रतिनिधिमण्डलले नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालासँग भेटेर यो असंवैधानिक इम्बोष्ड नम्बर प्लेटलाई यथाशीघ्र रद्द र बन्द गर्न गराउन माग गरेको छ । प्रतिनिधि मण्डलमा व.अ. ध्रुवलाल श्रेष्ठ, आनन्द सन्तोषी राई, योगेन्द्रबहादुर अधिकारी संयोजक रामेश्वर राउत मातृदास, अर्जुन लिम्बु, उमेश सुवेदी, प्रदेश सांसद् नरोत्तम वैद्य, समीर ढुङ्गेललगायतका व्यक्तिहरूको सहभागिता थियो । उक्त प्रतिनिधिमण्डलसँग कुरा गर्दै महामन्त्री कोइरालाले देश र आम नागरिकहरूको मौलिक भाषिक एवं गोपनियताको संवैधानिक अधिकार बचाउनका लागि आफू र आफ्नो पार्टी नेपाली कांग्रेस सधैं कटिबद्ध रहने दृढता व्यक्त गर्नु भएको थियो ।

  • रामेश्वर राउत ‘मातृदास’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डम्बर निदाल, डडेल्धुरा रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रको आलिताल परशुराम भएर

नेपालमा मंगलबार ३,८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२,६५५ पीसीआर परीक्षण गर्दा २,७२६ जना र ४,८६३ एन्टिजेन परीक्षण

अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो शहर

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । अमेरिकाको सेनाले थोरै संख्यामा