१३ श्रावण २०७८, बुधबार

अफगानी राष्ट्रपति भवननजिक भएको रकेट आक्रमणको अमेरिकाद्वारा निन्दा

  प्रकाशित मिति
६ श्रावण २०७८, बुधबार ०८:२९



अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । स्थानीय समयानुसार मंगलबार ईदको प्रार्थना भइरहेको समयमा राष्ट्रपति भवनलाई लक्ष्य गर्दै सो आक्रमण भएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले काबुलमा रहेको राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको पत्रकार सम्मेलनमार्फत् निन्दा गरेका हुन् । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा हिंसाको अन्त्य र शान्ति पुनर्स्थापनाको गर्न आह्वान गरिरहेको र हामी राजनीतिक बस्तीमा जानको लागि द्रुत मार्ग र हिंसा अन्त्यको लागि आह्वान गर्दछौँ प्राइसले पत्रकार सम्मेलनमा भनेका छन् ।

मंगलबार बिहान ईदको प्रार्थनाको क्रममा राष्ट्रपति भवननजिकैका क्षेत्रमा तीन रकेटहरु आक्रमण भएको एएनआईले जनाएको छ । प्रवक्ताले अफगानिस्तानका जनता न्याय र स्थायी शान्तिको चाहनामा एकजुट रहेका र अमेरिका यसलाई कार्यान्वयन गर्नका लागि तयार रहेको बताएका छन् ।

ईदको नमाजपछि समारोहमा बोल्दै अगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबानको निन्दा गर्दै उनीहरूसँग शान्तिको चाहना नभएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ वर्षा ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई

प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच मंगलबार टेलिफोन सम्वाद भएको छ । टेलिफोन वार्तामा नेपाल र

सनत आचार्य, बेल्जियम गैरआवासीय नेपाली संघ बेल्जियमको मत गणनाको परिणाम सार्वजनिक भएको छ । मतदानको क्रममा आन्तर्पेनमा भएको झडपपछि आइतबार