१२ श्रावण २०७८, मंगलवार

पत्रकारलाई पतिशोक

  प्रकाशित मिति
६ श्रावण २०७८, बुधबार ०५:१२



पत्रकार आशा सिंह शाहका पति अर्थशास्त्री अर्जुनजङ शाहको निधन भएको छ । लामो समयसम्म प्राध्यापन पेशामा रहनुभएका शाह पछिल्लो समय विकासका कार्यक्रममा संलग्न हुनुहुन्थ्यो । विभिन्न संस्थाको नेतृत्व सम्हाल्नुभएका शाह स्थानीय सुशासन विज्ञको रूपमा पनि परिचित हुनुहुन्थ्यो ।

शाहको ६३ वर्षको उमेरमा मुटुको रोगका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पत्रकार आशासिंह शाह सिम्रिक साप्ताहिककी सम्पादकको रूपमा लामो समय पत्रकारितामा संलग्न हुनुहुन्थ्यो ।

शाह दम्पतिका छोरा अभिनव शाहको केही वर्षअघि निधन भएको थियो । पुत्रशोकपछि पतिशोकमा पनुभएकी पत्रकार शाहले पति र पुत्रको नाममा ट्रष्ट स्थापना गर्ने बताउनुभएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डम्बर निदाल, डडेल्धुरा रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रको आलिताल परशुराम भएर

नेपालमा मंगलबार ३,८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२,६५५ पीसीआर परीक्षण गर्दा २,७२६ जना र ४,८६३ एन्टिजेन परीक्षण

अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो शहर

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । अमेरिकाको सेनाले थोरै संख्यामा