१३ श्रावण २०७८, बुधबार

आयोगको निर्णयपछि जसपाको यादव पक्ष सरकारमा सहभागी हुने

  प्रकाशित मिति
५ श्रावण २०७८, मंगलवार १७:२९



संसदीय दलको बैठकद्वारा विधान पारित

जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठकले पार्टीको विधान पारित गरेको छ ।

सिंहदरबारमा मंगलबार भएको बैठकले सर्वसम्मत रुपमा पार्टीको विधान पारित गरेको हो । बैठकले मन्त्रिमण्डलमा सहभागी हुनेको नाम भने अर्को बैठकले टुङ्गो लगाउने निर्णय गरेको छ ।

जसपाका कार्यकारिणी समितिका सदस्य एवं सांसद मोहम्मद इस्तियाक राईका अनुसार बैठकमा ‘सङ्घीय संसदीय दलको विधान–२०७८’ को मस्यौदा प्रस्तुत भई छलफलमा सदस्यबाट आएको सुझावलाई समेत समावेश गरी विधान पारित भएको छ । यस्तै, बैठकले प्राप्त सुझावलाई समावेश गर्न सांसदद्वय रामसहाय प्रसाद यादव र राईलाई जिम्मेवारी दिएको छ । उक्त विधानलाई अनुमोदनका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय गरिएको छ ।

संसदीय दलको बैठकमा २२ सांसदको उपस्थिति थियो । प्रतिनिधिसभामा जसपाको ३२ सांसद छन् ।

जसपाको संसदीय दल बैठकमा अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत सांसद रहेका छन् । यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता समीकरणका बेला जसपा दुई समूहमा विभाजन भएको थियो । तथापि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा जसपाको दुवै पक्षले मत दिएको थियो । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कतिपय सांसद यादव समूहमा देखिएका थिए ।

जसपाको पार्टी आधिकारिकताको विवाद भने निर्वाचन आयोगमा अड्किएको छ । आयोगले दुवै पक्षको कागजात झिकाएर आवश्यक छलफल गरेर निर्णय लिने बताइएको छ ।

दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गरेपछि आयोगले इजलास गठन गरेर पार्टी आधिकारिकताको निष्कर्ष निकाल्ने जनाएको थियो । उक्त सम्बन्धमा साउन ३ गतेदेखि छलफल चलिरहेको छ । आयोगको निर्णयपछि यादव पक्ष सरकारमा सहभागी हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ वर्षा ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई

प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच मंगलबार टेलिफोन सम्वाद भएको छ । टेलिफोन वार्तामा नेपाल र

सनत आचार्य, बेल्जियम गैरआवासीय नेपाली संघ बेल्जियमको मत गणनाको परिणाम सार्वजनिक भएको छ । मतदानको क्रममा आन्तर्पेनमा भएको झडपपछि आइतबार