१२ श्रावण २०७८, मंगलवार

प्रशिक्षक इन्द्रकुमारीलाई कोरोना संक्रमण, सन्तोष टोकियो जाने

  प्रकाशित मिति
३ श्रावण २०७८, आईतवार १७:५१


जापानमा आयोजना हुने ३२औँ ग्रिष्मकालीन ओलम्पिकमा सहभागिता जनाउने एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सन्तोष श्रेष्ठ टोकियो जाने भएका छन् ।

जापान प्रस्थान गर्नुअघि गरिएको कोराना परीक्षणमा प्रशिक्षक मल्ललाई कोरोना पोजेटिभ देखिएको हो । उनी ओलम्पिक खेल्ने एथलेटिक्स खेलाडी सरस्वती चौधरीको प्रशिक्षक थिइन् । नेपालका तर्फबाट एथलेटिक्समा प्रशिक्षकका रूपमा मल्ल सहभागी हुने निर्णय भएअनुसार उनको सहभागिताका लागि आवश्यक तयारीको सिलसिलामा कोभिड-१९ को पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

टोकियो ओलम्पिक २०२० को आयोजक कमिटीको कोभिडसम्बन्धी नियमानुसार कोरोना पुष्टि भइसकेपछि सहभागी गराउन नमिल्ने भएकाले उनको स्थानमा पहिलेको सूचीमा एक्रिडेशन कार्ड भइसकेका प्रशिक्षक श्रेष्ठ जाने नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।

एथलेटिक्स टोली यही जुलाई २५ तारिखमा टोकियो जाने तालिका छ । चौधरीले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने बताइएको छ । ओलम्पिक यही जुलाई २३ देखि अगस्त ८ तारिखसम्म हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई

प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच मंगलबार टेलिफोन सम्वाद भएको छ । टेलिफोन वार्तामा नेपाल र

सनत आचार्य, बेल्जियम गैरआवासीय नेपाली संघ बेल्जियमको मत गणनाको परिणाम सार्वजनिक भएको छ । मतदानको क्रममा आन्तर्पेनमा भएको झडपपछि आइतबार

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि नेप्से परिसूचक हालसम्मकै