१३ श्रावण २०७८, बुधबार

एक महिनाअगावै वार्षिक राजश्वको लक्ष्य पूरा गरिएको दाबी

  प्रकाशित मिति
३१ असार २०७८, बिहीबार ०५:४४


  • पुनहरि बेल्बासे, भैरहवा

आन्तरिक राजश्व कार्यालय भैरहवाले राजश्व संकलनको वार्षिक लक्ष्य पूरा गरेको छ। कार्यालयले आव पूरा हुनुभन्दा एक महिनाअगावै लक्ष्य भेट्टाएको हो ।

चालु आवमा उक्त कार्यालयलाई कुल ९ अर्ब ८० करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य दिइएको थियो । जसमध्ये, अन्तःशुल्क ६ अर्ब ३४ करोड, भ्याट १ अर्ब ३७ करोड र आयकरतर्फ १ अर्ब ९२ करोडको लक्ष्य पाएको थियो ।

असार १७ गतेसम्म उक्त कार्यालयले ११ अर्ब १३ करोड रुपैयाँ राजश्व संकलन गरेको बताइएको छ । कार्यालयका प्रमुख मुक्तिराम आचार्यले गत मंसिरपछि कोरोना संक्रमणको प्रभाव कम हुँदै गएकाले उद्योग-व्यापार चलायमान हुँदा कर असुलीमा सकारात्मक प्रभाव परेको बताए । वार्षिक लक्ष्यलाई जेठ महिनाको अन्त्यमैं भेट्टाइएको उनको भनाइ छ ।

राजश्व कार्यालय भैरहवाले पश्चिम नवलपरासीको र रुपन्देहीको बुटवल र सैनामैना नगरपालिका बाहेक देवदह र तिलोत्तमा नगरपालिकाको आंशिक वडासहितको क्षेत्रलाई समेटेको छ ।

अन्तःशुल्कतर्फको राजश्व संकलनमा ६० प्रतिशत निर्माणजन्य उद्योग र ४० प्रतिशत मदिरा तथा सूर्तीजन्य उद्योगको योगदान हुने गरेको छ । राजश्व जोखिम हुने ठाउँहरुमा अनुगमन बढाइएको, करदातामा बेरुजु बक्यौता उठाउन पहल गरिएको, २ हजार भन्दा धेरै समूहसँग अन्तरक्रिया गरिएपछि साना करदातामा पनि कर तिर्ने परिपाटी बढेको दाबी कार्यालयको छ ।

अघिल्लो आवमा यस क्षेत्रमा ४ हजार १ सय १८ जना अन्तशुल्कका करदाता रहेकामा चालु आवमा बढेर ४ हजार ७ सय जना पुगेका छन् । यसैगरि, भ्याटतर्फ ६ हजार ५ सय १९ जना करदाताबाट ७ हजार ५ सय, व्यक्तिगत प्यानमा ४२ हजार ८ सय ७९ बाट ५३ हजार ६ सय र आयकरमा ४२ हजार ८ सय ७९ जना करदाताबाट बढेर यस बर्ष करिव ५२ हजार पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि नेप्से परिसूचक हालसम्मकै

आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ८.२४ बिन्दुले ओरालो लागेको छ । नेपाल स्टक

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आइतबार उच्च अङ्कले वृद्धि भएको छ । गत साता सामान्य अङ्कले सुधार भएको

नरेश गौतम, सिद्धार्थनगर निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण