मन्त्रीलाई माइतीको सम्मान

मन्त्रीलाई माइतीको सम्मान



महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले दाइजो, बालविवाह, तलाक, अनमेल तथा बहुविवाह समृद्धि र विकासको वाधक रहेको बताउनुभएको छ ।

महोत्तरीको मटिहानी पुग्नुभएकी मन्त्री चौधरीले आफ्नो सम्मानमा मटिहानी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा यी सामाजिक विकृति नहटेसम्म समृद्धि र सुखको अनुभूति लिन नसकिने बताउनुभएको हो । मटिहानी मन्त्री चौधरीको जन्मस्थल (माइती) हो ।

जनता समाजवादी पार्टीकी नेत्री मन्त्री चौधरीले छोरी शिक्षालाई बढावा दिन नगरप्रमुख हरिप्रसाद मण्डलसहित स्थानीय जनप्रतिनिधिसँग अपिल गर्नुभयो ।