पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध



हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका-२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले दिएको जानकारीअनुसार पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडक खण्ड बन्द भएको छ ।

भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा अहिले पनि पहिरो झरिरहेको बताइएको छ । सडक विभाग तथा सम्बन्धित निकायसँगको समन्वयमा बाटो खुलाउने कार्य थालिए पनि पानी परिरहेकाले सडक खुलाउन समय लाग्ने भएको छ । सडकमा अहिले सवारी साधनहरुको जाम रहेको छ ।