कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार सानेपामा बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार सानेपामा बस्ने



नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएका हुन् ।

बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि मुख्यसचिव पौडेलले निर्देशनअनुसार आह्वान् गरेका छन् ।