श्रीमतीमाथि एसिड आक्रमण गर्ने श्रीमान् प्रहरी नियन्त्रणमा

श्रीमतीमाथि एसिड आक्रमण गर्ने श्रीमान् प्रहरी नियन्त्रणमा


  • आरके श्रीवास्तव, रौतहट

चन्द्रनिगाहपुरका एक महिलामाथि आफ्नै श्रीमानबाट एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी ३८ वर्षीया दीपिका विकलाई उनका श्रीमानले एसिड प्रहार गरेका हुन् ।

पीडित दीपिकाको एपोलो सिटी अस्पताल चन्द्रपुरमा उपचार भइरहेको छ । उनको ​देब्रे हात र पेटमा चोट लागेको र शरिरको करिव १८ प्रतिशत भाग जलेको अस्पतालका प्रबन्ध निर्देशक अमर ठाकुरले जानकारी दिए ।

शनिबार साँझ ६ बजे सामान्य विवाद हुँदा उनका श्रीमान् दीपकले एसिड आक्रमण गरेको पीडित दिपिकाले बताएकी छन् । केही समयको विवादपछि बाहिर निस्केका श्रीमानले घर फर्किंदा बोतलमा ल्याएको एसिड छ्याप्न खोज्दा एसिड खोस्ने प्रयास गर्ने क्रममा हात र मुखमा एसिड परेको पीडितले जानकारी दिइन् ।

श्रीमतीलाई एसिड आक्रमण गर्ने ४२ वर्षीय श्रीमान् दिपक विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिए । पक्राउ परेका विकलाई प्रहरीले विस्तृत अनुसन्धान शुरु गरी आवश्यक कारवाही अघि बढाएको छ ।