१३ श्रावण २०७८, बुधबार

मन्त्री सोडारीलाई कारवाहीको माग

  प्रकाशित मिति
३० जेष्ठ २०७८, आईतवार ००:१३


नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिह रावलमाथि मन्त्रालयमा हातपात गरिएको भन्दै अध्यक्ष थापाले मन्त्री सोडारीमाथि कानूनी प्रक्रियाअनुसार कारवाही अघि बढाउन माग गरेका हुन् । अध्यक्ष थापाले एक विज्ञप्ति प्रकाशन गरी कारवाहीका लागि मुद्दा दर्ता गर्दा मन्त्रीको उजुरीसमेत कमजोर बनाउने खेल थालिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने पत्र बोकेर मन्त्रालयमा पुगेका सचिव रावललाई मन्त्री सोडारीले हातपात गरेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डम्बर निदाल, डडेल्धुरा रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रको आलिताल परशुराम भएर

नेपालमा मंगलबार ३,८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२,६५५ पीसीआर परीक्षण गर्दा २,७२६ जना र ४,८६३ एन्टिजेन परीक्षण

अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो शहर

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । अमेरिकाको सेनाले थोरै संख्यामा