१२ श्रावण २०७८, मंगलवार

गण्डकी प्रदेश मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

  प्रकाशित मिति
२९ जेष्ठ २०७८, शनिबार १२:४७



गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख पौडेलले आज दिउँसो ३ः०० बजेसम्मको समय तोकेर प्रदेश सभा सदस्यहरूलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी थिइन् । पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङेको समर्थनमा दावी पेश गरिएको थियो । पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

पुर्ख्यौली थलो तनहुँ भएका ७१ वर्षीय पोखरेल प्रदेशसभा सदस्यमा पूर्वी नवलपरासी निर्वाचन क्षेत्र १ प्रदेश (क) बाट विजयी बनेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई

प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच मंगलबार टेलिफोन सम्वाद भएको छ । टेलिफोन वार्तामा नेपाल र

सनत आचार्य, बेल्जियम गैरआवासीय नेपाली संघ बेल्जियमको मत गणनाको परिणाम सार्वजनिक भएको छ । मतदानको क्रममा आन्तर्पेनमा भएको झडपपछि आइतबार

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि नेप्से परिसूचक हालसम्मकै