१२ श्रावण २०७८, मंगलवार

‘चुनावसम्म ओलीलाई जान नदिन हत्याको षड्यन्त्र’

  प्रकाशित मिति
२९ जेष्ठ २०७८, शनिबार ०८:१३



नरोत्तमले गरे क्षमायाचना

नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । सञ्चारकर्मीसँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उनले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारवाही गर्न माग गरेका हुन् ।

उनले नेपाली कांग्रेसकै मिलीभगतमा महात्मा गान्धिलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै कुनै कुनामा बनिरहेको त छैन भन्ने सन्देहात्मक सवाल उठाउँदै वैद्यको अभिव्यक्तिलाई क्षणिक आक्रोशका रुपमा लिन नसकिने जिकिर गरे । निवर्तमान सांसद एवं पूर्वमन्त्री बस्नेतले भने, ‘वैद्यले संसदमा दिएको अभिव्यक्तिलाई आक्रोश मात्रै हो भन्न सकिन्न, सत्ताका लागि छटपटाएका तत्वले चुनावसम्म ओली रहे सत्ताप्राप्तिको चाहना पूरा हुँदैन भन्ने देखेर देशकै प्रधानमन्त्रीको हत्या गर्न बुनेको षड्यन्त्रको गन्ध पोखिएको हुन सक्छ, यसतर्फ सचेत हुनुपर्छ ।’

एमालेभित्र आन्तरिक कलहको फाइदा उठाउँदै केही तत्व सत्ताप्राप्तिका लागि प्रधानमन्त्रीको ज्यानै लिने षड्यन्त्र बनाउँदै गरेको रहस्य बाहिर आएको धारणा राख्दै उनले यो षड्यन्त्रभित्र क-कसको सहभागिता छ भनेर खोजिने बताए ।

यसैबीच कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले प्रदेशसभाको शुक्रबारको बैठकमा दिएको अभिव्यक्तिप्रति आत्मालोचना गरेका छन् । आफ्ना केही शब्दहरु आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भन्दै उनले क्षमायाचना गरेका छन् । आफ्नो अभिव्यक्ति फिर्ता लिनुका साथै संसदको रेकर्डबाट हटाउन पनि उनले सभामुखसँग आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई

प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच मंगलबार टेलिफोन सम्वाद भएको छ । टेलिफोन वार्तामा नेपाल र

सनत आचार्य, बेल्जियम गैरआवासीय नेपाली संघ बेल्जियमको मत गणनाको परिणाम सार्वजनिक भएको छ । मतदानको क्रममा आन्तर्पेनमा भएको झडपपछि आइतबार

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि नेप्से परिसूचक हालसम्मकै