३० जेष्ठ २०७८, आईतवार

पेस्तोल प्रहार गर्ने दुई युवक प्रहरी नियन्त्रणमा

  प्रकाशित मिति
२८ जेष्ठ २०७८, शुक्रबार १५:००


  • दाङ प्रतिनिधि

दाङको तुलसीपुर क्षेत्रको टिकरीमा गोली चलेको छ । गोली चलाएको आरोपमा दुई जनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–८ टिकरी बस्ने २४ वर्षीय पूर्ण वली र २१ वर्षीय आकाश चौधरी रहेका छन् ।

उनीहरुलाई शुक्रबार दिउँसो टिकरीनजिकै अश्वारा गनारी कुलोबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।

जग्गा विवादमा गोली चलेको बताइएको छ, तर कसलाई गोली प्रहार गरिएको हो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा

हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका-२

आरके श्रीवास्तव, रौतहट चन्द्रनिगाहपुरका एक महिलामाथि आफ्नै श्रीमानबाट एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी

नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका