३० जेष्ठ २०७८, आईतवार

धादिङमा शुक्रबार ९८ जना संक्रमित थपिए, दुई जनाको मृत्यु

  प्रकाशित मिति
२८ जेष्ठ २०७८, शुक्रबार १४:५३


  • विकाश रौनियार, धादिङ

धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा २६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने यही अवधिमा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार शुक्रबार थप भएको संक्रमितहरुमा निलकण्ठमा ६०, धुनिबेसीमा ५, गल्छीमा ३, गजुरीमा २, सिद्धलेकमा ३, त्रिपुरासुन्दरीमा १, थाक्रेमा ७, रुबिभ्यालिमा ५ र जिल्लाबाहिरको १२ जना गरी ९८ जना छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा रुबिभ्यालिमा ५७ वर्षीय पुरुष र बेनिघाट रोराङमा २६ वर्षीया महिलाको मृत्यु भएको छ । यो सँगै धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेका संख्या ६२ पुगेको छ ।

जिल्लाभित्र ९४० र जिल्ला बाहिर १५४ गरेर जिल्लाको सक्रिय केश १०९४ पुगेको छ । जिल्लाभित्र हस्पिटल आइशोलेसनमा २५, संस्थागत आइशोलेसनमा २८ र होम आइशोलेसनमा ८८७ रहेका छन् । त्यसैगरि जिल्लाबाहिर हस्पिटल आइशोलेसनमा ३४ र होम आइशोलेसनमा १२० रहेका छन् ।

बेनिघाटमा १७, त्रिपुरासुन्दरीमा २६, सिद्धलेकमा २५, रुबिभ्यालिमा ४६ गरेर ११४ स्वाब संकलन भएको छ । १०२ एनटीजेन परिक्षण २० जना पोजिटिभ आएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा

हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका-२

आरके श्रीवास्तव, रौतहट चन्द्रनिगाहपुरका एक महिलामाथि आफ्नै श्रीमानबाट एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी

नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका