आखिर मरेर के लान्छौ ?

आखिर मरेर के लान्छौ ?


  • उज्ज्वल अधिकारी

तेरो मेरो भन्छौ जहिल्यै
आफ्नै भुँडी भर्छौ
कति गर्छौ फर्जी काम
आखिर एकदिन मर्छौ

लाज घिन छैन तिम्लाई
उल्टै अर्काको डाहा गर्छौ
डाहाले नै सुकी सक्यौ
आखिर एकदिन मर्छौ

लाटा गाँडा देख्नै हुन्न
झुटको खेती गर्छौ
लाटागाँडा ठगी खायौ
आखिर एकदिन मर्छौ

आफन्तको नाम राखी
आफ्नै खल्ती भर्छौ
खाउ खाउ टन्न खाउ
आखिर एकदिन मर्छौ

सोझो मान्छे देख्नै हुन्न
जालझेल गर्छौ
कति गर्छौ झुटा काम
आखिर एकदिन मर्छौ

ठूलाबडा देखेऊ भने
लिसो जस्तै बन्छौ
लाचारी छौ तिमी आज
पक्कै एकदिन मर्छौ

उद्यम विकास सहजकर्ता
मन्थली नगरपालिका, रामेछाप