आजको पञ्चाङ्ग एवम् राशिफल (२८ जेष्ठ २०७८ शुक्रबार, ११ जुन २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ जेष्ठ २०७८ शुक्रबार, ११ जुन २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ ग्रीष्म ऋतु वि.सं. २०७८ ज्येष्ठ २८ गते शुक्रबार तद्अनुसार सन् २०२१ जुन ११ तारिख ज्येष्ठ शुक्लपक्ष प्रतिपदा तिथि मृगशिरा नक्षत्र १४ः०० पर आर्द्रा नक्षत्र शूल योग ८ः५६ पर गण्ड योग बालव करण आनन्दादिमा मानस योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५८ मा हुनेछ । दशहरास्नानारम्भ, गोसाईंकुण्ड स्नानारम्भ ।

आजको राशि फल

मेष – ऐश्वर्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ । भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । साहसिक कार्यमा रुचि बढ्नेछ । आफ्नै बल विवेकले सफलता पाउनुहुनेछ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ । महत्वपूर्ण कार्यमा ध्यान केन्द्रित गर्नुपर्ला ।

बृष – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । कर्मपथमा प्रगति होला । धन मान गौरव बढ्ला । व्यापारमा प्रगति हुनेछ । सहयोगले काम होला । दैनिक काममा सफलता प्राप्त होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । सुख सफलता प्राप्त होला । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । धनको आगमन भैरहनेछ ।

मिथुन – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मनोकूलको काम बन्नेछ । धन यश मान सुख समृद्धि बढ्नेछ । साहसिक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आरोग्यता बढ्नेछ । सभासमारोहमा मान पुरस्कार पाउनुहुनेछ । भोजभत्तेरमा भाग लिनुहुनेछ । लगानी उठ्ला । गौरव वृद्धि होला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

कर्कट – भागदौड व्यस्तता बढ्नेछ । लगानी बढ्नेछ । ऋण रोग र शत्रुसितको व्यवहारमा बलियो सिद्ध हुनुहुनेछ । समयबाट बढी भन्दा बढी फाइदा लिनु उचित होला । आयात निर्यात यात्रा आदिसित सम्बन्धित काममा सफल रहनुपर्नेछ । उन्नति हुनेछ ।

सिंह – आयस्रोत बढ्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सुख सन्तति बढ्नेछ । लगानी उठ्ला । मान पुरस्कार मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।

कन्या – समय शुभ फलदायक रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ । धनको आगमन भैरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मिठो भोजन मिल्नेछ ।

तुला – रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।

वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नबसी काम गर्नहोला । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । आशा उत्साह बढ्ला ।

धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । धन सम्पत्ति बढ्नेछ ।

मकर – सुख सम्पन्नता बढ्नेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनु पर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

मीन – नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । सुख आनन्दक बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ । भ्रमण होला । वार्तामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । साझेदारीको काम बन्नेछ । आयस्रोत बढ्ला ।