गण्डकी प्रदेशका मुख्यमन्त्री विश्वासका मत लिन असफल

गण्डकी प्रदेशका मुख्यमन्त्री विश्वासका मत लिन असफल



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका छन्प्र । विश्वासको मत हासिल नभएसँगै गुरुङ स्वतः पदमुक्त हुन पुगेका छन् ।

प्रदेशसभामा बिहीबार पेस भएको विश्वासको मतको प्रस्ताव बहुमत सदस्यले अस्वीकृत गरेपछि उनले विश्वास गुमाएका हुन् । ६० सदस्यीय प्रदेशसभामा ५८ सांसद् उपस्थित रहेका र तीमध्धये २७ जनाले मुख्यमन्त्रीको पक्षमा र ३० जनाले विपक्षमा मतदान गरेका थिए । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेसँगै गण्डकी प्रदेशमा अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकारका लागि ढोका खुलेको छ ।

ज्ञातव्य छ, गुरुङ विसं २०७४ फागुनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट पहिलोपटक मुख्यमन्त्री निर्वाचित भएका थिए । गत वैशाख २७ गते गण्डकी प्रदेश प्रमुख सीतादेवी पौडेलले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गुरुङलाई दोस्रोपटक मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।