सि.जी. ब्राण्डको डिसवासर बजारमा

सि.जी. ब्राण्डको डिसवासर बजारमा



नेपालको सबैभन्दा ठूलो र नं.१ ब्राण्ड सि.जी.ले हालै नेपाली बजारमा आफ्नो घरायसी सामाग्री डिसवासर ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई मध्यनजर गरि सहुलियत मूल्यमा निकै आकर्षक र सजिलै चलाउन सकिने यो डिसवासर ल्याएको हो ।

यी डिसवासरहरू बजारमा ग्राहकले १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा प्राप्त गर्ने र आवश्यकताअनुसार छनोट गरी खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

यसमा डिस्प्ले स्क्रिन तथा टच बटनहरू भएका हुनाले यी डिसवासरहरू प्रयोग गर्न एकदमै सजिलो हुनेछ । यसमा विभिन्न वासिङ प्रोगामहरू पनि रहेका छन् । जसलाई ग्राहकले आफ्नो आवश्यकता अनुसार प्रयोग गरि आफ्नो भाँडाहरूलाई सफा गर्न सक्नेछन् ।

यी दुवै मोडलमा स्टिम वास, अटो डोर टेक्नोलोजी, वि.एल.डि.सी. टेक्नोलोजी, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सन जस्ता विभिन्न विशेषता रहेका कम्पनीले जानकारी दिएको छ ।

स्टिम वासको सहायताले कट्कटिएका भाँडाहरूलाई सजिलै बाफ उत्पन्न गरी हाइजिनिक राखेर सफा नतिजा दिन्छ । त्यस्तै, अर्को अटो डोर टेक्नोलोजी रहेको छ । यो विशेषताको कारण अब तपाईंलाई धोइसकेको भाँडाहरूलाई सुकाइरहने झन्झटबाट मुक्त गर्दछ । यसले भाँडा धोइसकेपछि आटोमेटिक ढोका खुल्दछ र भित्र रहेका बाफहरूलाई बाहिर निकालेर बाहिरको हावा भित्र प्रवेश गराई पर्फेक्ट ड्राइङ पर्फर्मेन्स दिनेछ ।

वि.एल.डि.सि. टेक्नोलोजी वा हाइड्रो पावर पनि यसको विशेषता रहेको छ, जसको मद्दतले घरको पानी, मोटरको इनर्जी र समयको बचत गर्दछ । डिउल प्रो वासको मद्दतले भाँडालाई दुई वटा छुट्टाछुट्टै पानीको प्रेसरबाट धुने गर्दछ र पूर्ण रुपमा सफा गर्दछ । त्यस्तै, अर्को जेट वास विशेषता रहेको छ । यसले कम फोहर भएका भाँडालाई केवल १४ मिनेटमा नै सफा गर्दछ । हाफ लोड अप्सन टेक्नोलोजीले, यदि भाँडाहरू थोरै छन् भने डिसवासरमा रहेको तलको बास्केट वा माथिको बास्केट मात्र प्रयोग गरी भाँडा धुन सकिनेछ । यसले गर्दा पनि इनर्जी तथा पानी दुवैलाई जोगाउने गर्दछ ।

डिसवासरको खरिदमा १५ प्लेस सेटिङमा ३ वर्षको वारेण्टी मोटरमा र १२ प्लेस सेटिङमा एक वर्षको वारेण्टी दिइने कम्पनीले जनाएको छ ।