३० जेष्ठ २०७८, आईतवार

पृथ्वीराजमार्गमा टिपर र कार ठोक्किँदा एक जनाको मृत्यु

  प्रकाशित मिति
२७ जेष्ठ २०७८, बिहीबार १०:३४


  • विकाश रौनियार, धादिङ

पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ६ जहरेखेतमा टिपर र कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कार चालक दोलखा मेलुङ गाउँपालिका वडा नम्बर १० का प्रकाश अधिकारी रहेका छन् भने कारमा सवार तनहुँको सुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ का ४० वार्षीय दिलबहादुर श्रेष्ठ घाइते भएको छ ।

बिहीबार गजुरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा. ४ च २७९ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ७३९३ नम्बरको टिफर एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

घाइते श्रेष्ठको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौ लगिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । टिपर चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा

हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका-२

आरके श्रीवास्तव, रौतहट चन्द्रनिगाहपुरका एक महिलामाथि आफ्नै श्रीमानबाट एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी

नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका