३० जेष्ठ २०७८, आईतवार

हात्तीपीडितले पाएनन् काजकिरिया खर्च

  प्रकाशित मिति
२७ जेष्ठ २०७८, बिहीबार ०५:१६



मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको २३ दिन बितिसक्दा पनि स्थानीयवासी ६५ वर्षीय श्याम राईको परिवारले काजकिरिया खर्च पाएको छैन । मेचीनगर नगरपालिका-९ स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका राईको गत जेठ ४ गते राति हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । नगरपालिकाले जङ्गली हात्तीले मृत्यु भएमा रु २५ हजार काजकिरिया खर्च उपलब्ध गराउने नियम छ ।

घटनालगत्तै नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती र वडा नम्बर ९ का वडाध्यक्ष गोपाल खड्का घरमै पुगेर तत्काल काजकिरिया खर्च उपलब्ध गराउने आश्वासन दिएका मृतकका माइला छोरा किरण बताउँछन् ।

आश्वासनका बाबजुद घटना भएको २३औँ दिन बितिसक्दा समेत मृतकका परिवारले नगरपालिकाबाट कुनै राहत पाएको छैन । दिनैपिच्छे वडा कार्यालय र नगरपालिकामा धाइरहे पनि अहिलेसम्म नपाएको मृतककी जेठी बुहारी सुबिना विश्वकर्माको दुःखेसो छ ।

ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएको राई परिवारको मागुरमाडी सामुदायिक वन बिट नं १ को छेउमा २२ वर्षदेखि बसोबास गर्दै आए पनि जग्गाको धनीपुर्जा अझसम्म बनेको छैन । मृतक राईका पत्नी जुनबिरा, चार छोरा र एक छोरी छन् ।

मेचीनगरका प्रमुख आचार्यले अझैसम्म मृतकका परिवारले काजकिरिया खर्च नपाएकोमा अनभिज्ञता प्रकट गरेका राससले जनाएको छ । उहाँहरुले तुरुन्तै पाउनुपर्ने हो, दिनु पनि भनेको हो, के भएको रहेछ बुझेर तुरुन्त उपलब्ध गराउँछौँ भन्छन् प्रमुख आचार्य ।

स्थानीय नवकिरण टोल विकास संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले काजकिरिया खर्च मृत्यु भएको १३ दिनभित्रै पीडित परिवारले पाउनुपर्नेमा नगरपालिका र वडा कार्यालयबाट ढिलासुस्ती गरिएकोमा गुनासो व्यक्त गरे । काजकिरिया खर्चवापत नगरपालिकाले रु २५ हजार र डिभिजन वन कार्यालय झापाले रु ५० हजार दिने व्यवस्था रहेको छ । यसका लागि मृतकका परिवारले बैंकमा खाता पनि खोलिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा

हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका-२

आरके श्रीवास्तव, रौतहट चन्द्रनिगाहपुरका एक महिलामाथि आफ्नै श्रीमानबाट एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी

नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका