३० जेष्ठ २०७८, आईतवार

सन्ध्याले यसकारण दिइन् एनआरएनए अष्ट्रेलियाको उपाध्यक्षमा उम्मेदवारी

  प्रकाशित मिति
२७ जेष्ठ २०७८, बिहीबार ०३:४८


  • राजन घिमिरे

नेपाल र नेपालीप्रतिको उत्तरदायित्व निर्वाह गर्न वा जन्मभूमिप्रतिको कर्तब्य पूरा गर्न स्वदेशमै रहनुपर्छ भन्ने छैन । प्रबासमा रहेर पनि आफ्नो जन्मभूमि र प्रबासमा नै रहेका नेपालीहरूका लागि धेरै गर्न सकिन्छ भन्ने उदाहरण हुन् सन्ध्या शाह । अत्यन्त उत्साह र जाँगरले भरिएकी शालीन स्वभावकी शाह अष्ट्रेलियामा स्थापित नाम हो ।

लामो समयदेखि सिड्नीलाई कर्मथलो बनाइरहेकी सन्ध्याले नेपाल र आफ्नो कर्मथलोमा रहेका नेपालीहरूका निम्ति गरेको र गर्दै आइरहेको समाजसेवाले उनको चर्चा र छबि चुलीमा पुर्‍याएको छ । सामाजिक अभियन्ताको रूपमा विशिष्ट पहिचान बनाएकी सन्ध्या सामाजिक संस्थामार्फत सामाजिक कार्यमा होमिँदै आइरहेकी छिन् । अष्ट्रेलियामा रहेका प्रबासी नेपालीहरूबीच राम्रै शान-मान कमाएकी सन्ध्या अब आफ्नो सामाजिक अभियन्ताको कार्यलाई एनआरएनए अष्ट्रेलियामार्फत झनै बृहत बनाउने योजनामा लागिपरेकी छिन् ।

यही कार्यलाई संस्थामार्फत मूर्तरूप दिन उनले गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको (२०२१-२०२३) का लागि उपाध्यक्ष (एनएसडब्ल्यू राज्य संयोजक) पदमा उम्मेदवारी दिएकी छन् । ‘अष्ट्रेलियामा रहेका मनकारी साथीभाइ, अग्रज र नयाँ पुस्ताका युवाहरुको सरसल्लाह र साथले नै यो पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुँ’, उनले भनेकी छन्- ‘मलाई मैले विगतमा गरेको कार्य र निभाएको भूमिकाको सही मूल्यांकन गरेर अगाडि बढ्ने अवसर मिल्ने कुरामा म ढुक्क छु । मलाई साथ मिल्ने छ ।’

विगत १२ वर्षदेखि एनआरएनए अष्ट्रेलियासँग आवद्ध रहेर सामाजिक क्षेत्रमा आफ्नो उपस्थिति दह्रो बनाउँदै आएकी सन्ध्या एनआरएनएको अभियानमा सदैव स्वयंसेवीको रूपमा सक्रिय रहँदै आइरहेकी छन् । विगतमा सन्ध्याले नारी निकुन्जको सदस्य हुँदै एनएसडब्ल्यू राज्य समितिको महिला संयोजक भएर निर्वाह गरेको सफल कार्यकाल साँच्चै नै तारिफ गर्न योग्य थियो । विगतमा सन्ध्याले निभाएको निःस्वार्थ साथ, सहयोग र सामाजिक कार्य नै उनलाई विजयी गराउने मूल आधार भएको कुरा सन्ध्यालाई नजिकबाट चिन्नेहरू भन्छन्- ‘संस्थालाई सन्ध्याजस्तै जुझारु, जोशिला र केही गर्ने सोच भएकाहरूको खाँचो छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा

हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका-२

आरके श्रीवास्तव, रौतहट चन्द्रनिगाहपुरका एक महिलामाथि आफ्नै श्रीमानबाट एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी

नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका